काठमाडौँ, २३ बैशाख । एएफसी २३ वर्षमुनिको एशियन कप २०२६ छनोटमा नेपाल ‘पट’ ४ मा परेको छ ।
एशियन फुटबल महासङ्घ (एएफसी) ले हिजो सार्वजनिक गरेको ‘ड्र’ तालिकामा नेपाल ‘पट’मा ४ मा परेको हो ।
‘पट’ ४ मा नेपालसहित अफगानिस्तान, बङ्गलादेश, मङ्गोलिया, गुआम, पाकिस्तान, मकाउ, ब्रुनाइ, भुटान र नर्थ मारिना आयरल्यान्ड छन् ।
भारत भने ‘पट’ ३ मा परेको छ । एएफसीका अनुसार ‘ड्र’ यही ‘मे’ २९ मा मलेसियाको क्वालालम्पुरमा रहेको एएफसी मुख्यालयमा स्थानीय समयअनुसार दिउँसो २ बजे हुने छ ।
यस छनोट प्रतियोगितामा ४४ वटा २३ वर्षमुनिका राष्ट्रिय टोली सहभागी हुनेछन् । ती टोलीलाई ११ समूहमा विभाजन गरिनेछ ।