काठमाडौँ वर्ल्ड स्कुल परीक्षा केन्द्रबाट कक्षा १२ को प्रश्न पत्र आउट

काठमाडौँ, २१ बैशाख । भक्तपुरको गुण्डुमा रहेको काठमाडौँ वर्ल्ड स्कुलमा कक्षा १२ को प्रश्न पत्र आउट भएपछि अनुसन्धान सुरु भएको छ । राष्ट्रिय परीक्षा बोर्ड र जिल्ला प्रशासन कार्यालयको टोलीले छानबिन थालेको हो । 

काठमाडौँ वर्ल्ड स्कुलको परीक्षा केन्द्र चाणक्य कलेजमा पुगेर टोलीले अनुसन्धान थालेको हो । आज बिहान परीक्षा सुरु हुनुअघि नै विद्यार्थीको हातमा प्रश्न पत्र पुगेको पुगेको भन्दै सार्वजनिक भएपछि भक्तपुरका प्रमुख  जिल्ला अधिकारी गोपालप्रसाद अर्यालसहितको टोली अनुगमनमा गएको हो । 

छानबिनका क्रममा टोलीले पुरानो प्रश्न पत्र साटासाट गरेको पाइएको अनुगमन टोलीले जनाएको छ। आज बिहान ७ः ४५ बजेतिर प्रश्न पत्र बाहिरिएको भन्दै विद्यार्थीहरूले मोबाइलबाट साटासाट गरेका थिए । विद्यार्थीहरूले प्रश्न साटासाट गरिरहेको भिडियो समेत बनाइएको थियो । त्यसपछि प्रश्न पत्र बाहिरको भन्ने विषयमा चर्चामा आएको हो। 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ असोज । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानसभाबाट जारी संविधानका उपलब्धिलाई जनताको जीवनसँग जोड्नु र बाँकी

काठमाडाैँ, २ असाेज । भारतको औपचारिक भ्रमणमा रहनुभएका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भ्रमणको दोस्रो दिन नयाँ दिल्लीमा कूटनीतिक संवाद गर्नुभएको

धनुषा, २ असाेज । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–१ (साविक रमदैया भवाडी गा.वि.स वडा नं २,३,४,६,७ र ८) का ३८८ परिवारले नापजाँच

काठमाडौँ, २ असोज । प्रधामन्त्री वालेन्द्र शाहले जेन्जी उमेर समूहका सांसदहरुसँग अन्तरक्रिया गरेका छन् । आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा