काठमाडौँ वर्ल्ड स्कुल परीक्षा केन्द्रबाट कक्षा १२ को प्रश्न पत्र आउट

काठमाडौँ, २१ बैशाख । भक्तपुरको गुण्डुमा रहेको काठमाडौँ वर्ल्ड स्कुलमा कक्षा १२ को प्रश्न पत्र आउट भएपछि अनुसन्धान सुरु भएको छ । राष्ट्रिय परीक्षा बोर्ड र जिल्ला प्रशासन कार्यालयको टोलीले छानबिन थालेको हो । 

काठमाडौँ वर्ल्ड स्कुलको परीक्षा केन्द्र चाणक्य कलेजमा पुगेर टोलीले अनुसन्धान थालेको हो । आज बिहान परीक्षा सुरु हुनुअघि नै विद्यार्थीको हातमा प्रश्न पत्र पुगेको पुगेको भन्दै सार्वजनिक भएपछि भक्तपुरका प्रमुख  जिल्ला अधिकारी गोपालप्रसाद अर्यालसहितको टोली अनुगमनमा गएको हो । 

छानबिनका क्रममा टोलीले पुरानो प्रश्न पत्र साटासाट गरेको पाइएको अनुगमन टोलीले जनाएको छ। आज बिहान ७ः ४५ बजेतिर प्रश्न पत्र बाहिरिएको भन्दै विद्यार्थीहरूले मोबाइलबाट साटासाट गरेका थिए । विद्यार्थीहरूले प्रश्न साटासाट गरिरहेको भिडियो समेत बनाइएको थियो । त्यसपछि प्रश्न पत्र बाहिरको भन्ने विषयमा चर्चामा आएको हो। 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ कार्तिक । गुल्मीको कालीगण्डकी गाउँपालिका–२ अर्बेनीको दबौखानीमा स्कार्पियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको ६ भने तीन जना घाइते

काठमाडौँ, ९ कार्तिक । धितोपत्र बजारमा आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य गिरावट आएको छ । नेप्से परिसूचक ४.३४

काठमाडाैँ, ९ कार्तिक । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका ‘ग्लोबल फाइनान्स’ द्वारा प्रदान गरिने ‘बेष्ट बैंक अवार्ड’

काठमाडौँ, ९ कार्तिक । सुनसरीको इटहरीबाट जुवातास खेलिरहेको अवस्थामा रु चार लाख ५६ हजार नगदसहित आठ जना पक्राउ परेका छन्