सिमकोट गाउँपालिका पूर्ण खोप सुनिश्चित घोषणा

हुम्ला, २१ बैशाख । सिमकोट गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको छ ।

स्वास्थ्य संयोजक नर भण्डारीका अनुसार सिमकोटका आठ वटै वडा पूर्ण खोप सुनिश्चित भएका र त्यसको गाउँपालिका स्तरबाट अनुगमनपछि निर्धारित उमेर समुहका बालबालिका कोही पनि खोप लगाउन छुटेको नभेटिएपछि गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको हो ।

घरधुरी सर्वेक्षणको क्रममा पूर्ण खोप पाएका १५ देखि ५९ महिनाका बालबालिका आठ वटै वडामा पाँच सय ५५ जना रहेका छन् । पूर्ण खोप सुनिश्चित घोषणा कार्यक्रममा आठ वटै वडाका स्वास्थ्यकर्मी र चार जना पत्रकारलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० जेठ । गृह मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयको ‘सेटिङ’ घटनासँग आफ्नो नेतृत्व (गृहमन्त्री रमेश लेखक)को कुनै संलग्नता

काठमाडौँ, १० जेठ । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले देशमा केही भएन भनेर भ्रम छर्नेकुरा फेसन जस्तो भएको बताएका

काठमाडौँ, १० जेठ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारको कामलाई लयमा अघि बढाउने गरी वास्तविक धरातलमा आधारित बजेट

काठमाडौँ, १० जेठ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले गृहमन्त्री रमेश लेखकलाई नैतिकताको आधारमा राजीनामा दिन आग्रह गरेका छन्