सिमकोट गाउँपालिका पूर्ण खोप सुनिश्चित घोषणा

हुम्ला, २१ बैशाख । सिमकोट गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको छ ।

स्वास्थ्य संयोजक नर भण्डारीका अनुसार सिमकोटका आठ वटै वडा पूर्ण खोप सुनिश्चित भएका र त्यसको गाउँपालिका स्तरबाट अनुगमनपछि निर्धारित उमेर समुहका बालबालिका कोही पनि खोप लगाउन छुटेको नभेटिएपछि गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको हो ।

घरधुरी सर्वेक्षणको क्रममा पूर्ण खोप पाएका १५ देखि ५९ महिनाका बालबालिका आठ वटै वडामा पाँच सय ५५ जना रहेका छन् । पूर्ण खोप सुनिश्चित घोषणा कार्यक्रममा आठ वटै वडाका स्वास्थ्यकर्मी र चार जना पत्रकारलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

बिर्तामोड, २५ असोज । झापा बाह्रदशीका नवयुवाहरुसँग शनिबार समसामयिक राजनीतिक संवाद गरिएको छ । ‘कफी विथ कमरेड’ नाम दिइएको कार्यक्रममा

काठमाडौँ, २४ असोज । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मातहतका निकायमा प्रयोग भइरहेका सफ्टवेयर तथा हार्डवेयर खरिद

भक्तपुर, २४ असोज । क्रियासिल पत्रकार मञ्च भक्तपुरले बिभिन्न व्यक्तिहरुलाई पत्रकारिता पुरस्कार एवं सम्मान प्रदान गरेको छ । मञ्चले आज

काठमाडौँ, २४ असोज । नेकपा (एमाले)को स्थायी कमिटीको बैठकले सात वटा महत्वपूर्ण निर्णयहरु गरेको छ । पार्टीका अध्यक्ष केपी शर्मा