अमेरिकाद्वारा युक्रेनलाई तीन अर्ब १० करोडबराबरको सैन्य सहयोग घोषणा

एजेन्सी, २१ वैशाख । संयुक्त राज्य अमेरिकाको परराष्ट्र मन्त्रालयले युक्रेनलाई लडाकु विमानसम्बन्धी तालिम, मर्मतसम्भार र आवश्यक सहयोगका निम्ति तीन अर्ब १० करोड अमेरिकी डलरबराबरको सहायता प्याकेज स्वीकृत गरेको शनिबार पेन्टागनले जानकारी दिएको छ ।

उक्त सहयोगमा विमान परिमार्जन, पाइलट तालिम, मर्मतसम्भार सहयोग, अतिरिक्त उपकरण, जमिनमा प्रयोग हुने सामग्री र विशेष किसिमका कार्यक्रम प्रणाली समावेश छन् ।

सहयोगमा समावेश कम्पनीमा प्रमुख रूपमा लडाकु विमान उत्पादन तथा प्राविधिक सेवा प्रदान गर्ने अमेरिकी संस्थाहरू छन् । तर, यो सहयोगमा कुनै नयाँ विमान समावेश छैन । विमानहरू अमेरिकी सरकारबाट नभई युरोपेली मित्रराष्ट्रहरूबाट प्रदान गरिने बताइएको छ ।

नेदरल्यान्ड, डेनमार्क, नर्वे र बेल्जियमजस्ता मित्रराष्ट्रहरूले हालसम्म युक्रेनलाई ७९ लडाकु विमान दिने घोषणा गरिसकेका छन् । सन् २०२५ भरि थप विमानहरू पठाइने अपेक्षा गरिएको छ । सिन्ह्वा

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २१ असाज । बृटिश गाेर्खा नेपाली नागरिकता निरन्तरता (सिएनसिबिसी) र रिब्डीकाेट बुद्व विहार पाल्पाले भाेटेकाेशी बाढी प्रभावितका लागि आर्थिक

काठमाडाैँ, २१ असाेज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सार्वजनिक सेवामा २५ वर्ष

काठमाडौँ, २१ असोज । सूचना तथा सञ्चारमन्त्री डा.विक्रम तिमिल्सिनासँग स्विट्जरल्यान्डको ‘फेडेरल अफिस अफ कम्युनिकेसन्स’ (ओएफसीओएम) का वरिष्ठ नीति सल्लाहकार इसाबेल

काठमाडौँ, २१ असोज । राष्ट्रिय दलित आयोगले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस गरेको छ ।