नमोबुद्ध नगरपालिका पूर्णखोप सुनिश्चित पालिका घोषणा

काठमाडौँ, १७ वैशाख । काभ्रेको नमोबुद्ध नगरपालिका पूर्णखोप सुनिश्चित पालिका घोषणा भएको छ ।

आज पालिका परिसरमा आयोजित एक कार्यक्रमबीच नगरप्रमुख कुनसाङ लामाले नमोबुद्ध नगरपालिकालाई पूर्णखोप सुनिश्चित पालिका घोषणा गरेका हुन् ।

राष्ट्रिय खोप निर्देशिकाअनुसार सम्पूर्ण प्रक्रिया पूरा गरी जन्मेदेखि १५ महिना र १६ देखि ५९ महिनामुनिका सम्पूर्ण बालबालिकालाई सबै खोप लगाएकोले पूर्णखोप सुनिश्चितता घोषणा गरिएको नगरप्रमुख लामाले प्रस्ट पारे ।

कार्यक्रममा जिल्ला खोप समन्वय समितिका संयोजक एवं समन्वय समिति प्रमुख दिपककुमार गौतमले नगर प्रमुख भण्डारीलाई पूर्ण खोप सुनिश्चितताको प्रमाणपत्र हस्तान्तरण गरेका हुन् । समन्वय प्रमुख गौतमले नगरपालिकाले हरेक क्षेत्र विकाससँगै स्वास्थ्य क्षेत्रलाई पनि प्राथमकितामा राखेर काम गरिरहेको र नगरपालिकालाई पूर्णखोप सुनिश्चितता घोषणा गर्न सफल भएकोमा बधाई तथा शुभकामना व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २१ साउन । भक्तपुरको चाँगुनारायण नगरपालिका–९ ताथली चुन्देवी हाइटमा तास खेलिरहेका ७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । आरती खाजाघरमा

काठमाडौँ, २१ साउन । मोरङको धनपालथान गाउँपालिका–२ बाट गएराति ९६ किलो १९८ ग्राम गाँजासहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ

काठमाडौँ, २१ साउन । सप्तरीको कञ्चनरूप नगरपालिका–११ ठेलियास्थित एक पोल्ट्री फर्ममा लापरवाहीपूर्वक राखिएको नाङ्गो विद्युत् तारमा करेन्ट लागेर २ वर्षीय

काठमाडौँ, २१ साउन । पाल्पाको तानसेन नगारपालिका वडा नं. ४ स्थित मिलेनियम सेकेण्डरी स्कुलको चमेना गृहमा ग्याँसको पाइप फुस्किएपछि घाइते भएकी