एजेन्सी, १७ बैशाख । स्वीडेनको उपसाला सहरमा गोली लागेर तीन जनाको मृत्यु भएको पुष्टि प्रहरीले गरेको छ ।
गोलीबारी सहरको मध्यमा रहेको वाक्सला स्क्वेयर नजिकै रहेको कपाल काट्ने सैलुनमा भएको हो । गोली प्रहार गर्ने व्यक्ति स्कूटर चढेर भागेको प्रत्यक्षदर्शीले भनेका छन् । प्रहरीले अझै पनि सन्दिग्धको खोजी गरिरहेको छ । छानबिन भइरहेको छ ।
यो घटना वालपुर्गिस स्प्रिङ फेष्टिभलको पूर्व सन्ध्यामा भएको थियो । यो पर्वको समयमा उपसालाको शहरका निकै भीड हुन्छ । ‘सबै कुरा यति छिटो छिटो भयो कि, धड्याम धड्याम धड्याम मात्रै सुनियो,’ एक प्रत्यक्षदर्शीले स्वीडिश च्यानल टीभीफोरलाई भने ।






