पाकिस्तानका रक्षामन्त्रीको एक्स खाता भारतमा ब्लक

काठमाडौँ, १७ बैशाख । पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफको एक्स खाता मंगलबार भारतमा ब्लक गरिएको छ । 

पहलगाममा भएको हमलापछि भारत सरकारले पाकिस्तानसँगको सिन्धु जल सन्धि निलम्बन गर्ने निर्णय गरेको थियो । योसँगै भारतले अटारी सीमा बन्द गरेको छ भने पाकिस्तानलाई दिएको भिसा सम्बन्धी सुविधा पनि बन्द गरेको छ ।

पहलगाम आक्रमणपछि बीबीसीलाई दिएको एक अन्तर्वार्तामा ख्वाजा आसिफले भारतले पाकिस्तानविरुद्ध चालेका कदमहरूको जवाफ दिएका थिए । 

उनले भनेका थिए, ‘हामी भारतले पछिल्लो २४ घण्टामा गरेको कामको जवाफ दिइरहेका छौँ। हामी यसलाई चुपचाप हेरिरहन सक्दैनौँ। हामीले पनि त्यस्तै तरिका र शैलीमा जवाफ दिनुपर्‍यो ।’
यसबाहेक, पाकिस्तानी रक्षामन्त्रीले अन्य मिडियामा पनि धेरै बयान दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २१ असाज । बृटिश गाेर्खा नेपाली नागरिकता निरन्तरता (सिएनसिबिसी) र रिब्डीकाेट बुद्व विहार पाल्पाले भाेटेकाेशी बाढी प्रभावितका लागि आर्थिक

काठमाडाैँ, २१ असाेज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सार्वजनिक सेवामा २५ वर्ष

काठमाडौँ, २१ असोज । सूचना तथा सञ्चारमन्त्री डा.विक्रम तिमिल्सिनासँग स्विट्जरल्यान्डको ‘फेडेरल अफिस अफ कम्युनिकेसन्स’ (ओएफसीओएम) का वरिष्ठ नीति सल्लाहकार इसाबेल

काठमाडौँ, २१ असोज । राष्ट्रिय दलित आयोगले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस गरेको छ ।