सरकार र शिक्षक सहमति नजिक

काठमाडौँ, १७ वैशाख । सरकार र नेपाल शिक्षक महासंघ सहमति नजिक पुगेका छन् ।

२८ दिनदेखि काठमाडौंमा आन्दोलनरत शिक्षकसँग मंगलबार राति शिक्षा मन्त्रालयमा भएको वार्तामा सम्भावित सहमतिको खाकामा समझदारी बनेको हो । केही माग मन्त्रिपरिषद्बाट निर्णय गरेर सरकारले सम्बोधन गर्ने, संसद्को शिक्षा, स्वास्थ्य समितिमा विचाराधीन विद्यालय शिक्षा विधेयक चाँडो टुंगो लगाउन प्रतिबद्धता जनाउने र शिक्षकले सडक आन्दोलन स्थगित गर्ने गरी सहमति नजिक पुगेको वार्तामा सहभागी एक शिक्षकले बताए ।

शिक्षकले मन्त्रिपरिषद्बाट निर्णय हुनुपर्ने ९ बुँदे माग प्रस्ताव गरेका छन् भने शिक्षा मन्त्रालयले ७ बुँदे प्रस्ताव गरेको छ । वार्ता यिनै विषयमा केन्द्रित रहेको मन्त्रालयका एक अधिकारीले बताए । वार्तामा सरकारका तर्फबाट शिक्षामन्त्री रघुजी पन्तसहित अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रमेश लेखक, शिक्षा सचिव दीपक काफ्लेलगायत सहभागी थिए । महासंघका तर्फबाट अध्यक्ष लक्ष्मीकिशोर सुवेदी, सहअध्यक्ष नानुमाया पराजुली, महासचिव तुलाबहादुर थापालगायत सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ कार्तिक । गुल्मीको कालीगण्डकी गाउँपालिका–२ अर्बेनीको दबौखानीमा स्कार्पियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको ६ भने तीन जना घाइते

काठमाडौँ, ९ कार्तिक । धितोपत्र बजारमा आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य गिरावट आएको छ । नेप्से परिसूचक ४.३४

काठमाडाैँ, ९ कार्तिक । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका ‘ग्लोबल फाइनान्स’ द्वारा प्रदान गरिने ‘बेष्ट बैंक अवार्ड’

काठमाडौँ, ९ कार्तिक । सुनसरीको इटहरीबाट जुवातास खेलिरहेको अवस्थामा रु चार लाख ५६ हजार नगदसहित आठ जना पक्राउ परेका छन्