रुसद्वारा तीनदिने अस्थायी युद्धविरामको घोषणा

एजेन्सी, १६ वैशाख । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनसँग तीन दिनको लागि अस्थायी युद्धविरामको घोषणा गर्नु भएको छ ।

रुसका अनुसार यो युद्धविराम आउँदो ‘मे’ ८ तारिखदेखि शुरू हुनेछ र ‘मे’ ११ सम्म रहनेछ ।

पुटिनले दोस्रो विश्वयुद्धको विजय दिवसका अवसर पारेर कम्तीमा ७२ घण्टाका लागि अस्थायी युद्धविरामको घोषणा गर्नुभएको हो ।

युक्रेनले पनि यस्तै आदेश जारी गर्ने अपेक्षा गरेको मस्कोलाई उदधृत गरी अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । साथै, युद्धविराम उल्लङ्घनका घटना भएमा जवाफ दिन तयार रहेको पनि रुसी प्रशासनिक केन्द्रले जनाएको छ ।

पुटिनले इस्टरको अवसरमा यसअघि पनि अस्थायी युद्धविरामको घोषणा गर्नुभएको थियो । तर त्यसबेला एकअर्काविरुद्ध आक्रमण भएको दुवै पक्षले आरोप लगाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २१ असाज । बृटिश गाेर्खा नेपाली नागरिकता निरन्तरता (सिएनसिबिसी) र रिब्डीकाेट बुद्व विहार पाल्पाले भाेटेकाेशी बाढी प्रभावितका लागि आर्थिक

काठमाडाैँ, २१ असाेज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सार्वजनिक सेवामा २५ वर्ष

काठमाडौँ, २१ असोज । सूचना तथा सञ्चारमन्त्री डा.विक्रम तिमिल्सिनासँग स्विट्जरल्यान्डको ‘फेडेरल अफिस अफ कम्युनिकेसन्स’ (ओएफसीओएम) का वरिष्ठ नीति सल्लाहकार इसाबेल

काठमाडौँ, २१ असोज । राष्ट्रिय दलित आयोगले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस गरेको छ ।