काठमाडौँ, १५ बैशाख । शिक्षक आन्दोलनमा ऐक्यबद्धता जनाउन नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र वरिष्ठ नेता झलनाथ खनाल आन्दोलनस्थलमा पुगेका छन् ।
आज नेपाल र खनालसहित अन्य नेताहरूसमेत बिजुलीबजार पुगेर ऐक्यबद्धता जनाएका हुन् । चैत २० गतेदेखि सुरु भएको शिक्षक आन्दोलन सोमबार २७ औँ दिन पनि जारी छ।