लगानी बोर्डको व्यावसायिक रणनीति स्वीकृत

काठमाडौँ, १५ वैशाख । लगानी बोर्डले रणनीतिक कार्ययोजना स्वीकृत गरेको छ ।

बोर्ड कार्यालयको प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली नियुक्त भएपछि तयार पारिएको नयाँ रणनीतिक योजनालाई प्रधानमन्त्री तथा बोर्ड अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा सम्पन्न ६१ औँ बैठकले स्वीकृत गरेको जनाइएको छ ।

कार्ययोजनामा बोर्डको आयोजना बैङ्कमा रहेका विभिन्न परियोजनामध्ये ५७ वटा आयोजनालाई विभिन्न चरणमा विकसित गर्दै लैजाने उल्लेख छ । त्यसै गरी बोर्डमातहतको एकल विन्दु सेवा केन्द्रलाई पनि अझै प्रभावकारी ढङ्गले सञ्चालन गर्ने कार्यालयको कामलाई प्रभावकारी बनाउन बोर्डमा सचिवस्तरीय दरबन्दी रहने व्यवस्था पनि स्वीकृत भएको छ । 

उपसचिव तहसम्मका कर्मचारी बोर्डमातहत नै सुरु नियुक्त गर्ने गरी सङ्गठन पुनर्संरचना गर्ने प्रस्ताव पनि पारित भएको छ । सार्वजनिक निजी साझेदारी ऐनका विभिन्न प्रावधान कार्यान्वयन गर्न सो पारित प्रस्तावले ढोका खुलेको उहाँले बताउनुभयो । बोर्डमातहत अब विभिन्न निर्देशनालय पनि गठन गरिने छ । 

बोर्डको बैठकमा अप्पर कर्णाली जलविद्युत् आयोजनाको लगानी संरचना परिमार्जन प्रस्ताव पेस गर्ने तय भए पनि समय अभावले सो विषयले प्रवेश नपाएको भनाइ छ ।  

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ असार । भोगाधिकारका आधारमा सरकारी जग्गा उपयोग गर्दै आएका व्यक्ति, संस्था तथा निकायलाई कानुनअनुसार लिजमा रूपान्तरण प्रक्रिया पूरा

काठमाडौँ, ४ असार । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गतवर्षको ईपासपोर्ट खरिद प्रक्रियामा तत्कालीन परराष्ट्रमन्त्री डा. आरजु राणा देउवालाई समेत अनुसन्धानको दायरामा

काठमाडौँ, ४ असार । नेकपा (एमाले)का प्रमुख सचेतक ऐन महरले मन्त्रीले नै प्रतिनिधिसभा नियमावली र समान्य शिष्टाचार भुलेको भन्दै नियमापत्ति

काठमाडौँ, ४ असार । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य हर्कराज राई (साम्पाङ)ले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले दिएको विवादास्पद अभिव्यक्ति