प्रधानन्यायाधीश राउत बेलायत प्रस्थान

काठमाडौँ, १४ बैशाख । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसहितको भ्रमण दल बेलायत प्रस्थान गरेको छ । 

बेलायतको सर्वोच्च अदालत र अन्य अदालतहरूको औपचारिक भ्रमण एवं द्विपक्षीय सम्बन्ध विस्तारका क्रममा प्रधानन्यायाधीश राउतसहित सर्वोच्च अदालतका रजिस्ट्रार विमल पौडेल टर्किस एयरलाइन्सको जहाजमा बेलायत प्रस्थान गरेको सूचना अधिकारी अच्युत कुइँकेलले बताएका छन् । उनीहरूको ट्रान्जिट टर्कीको इस्तानबुल रहनेछ। 

प्रधानन्यायाधीश राउत नेतृत्वको भ्रमण दलमा रजिस्ट्रार पौडेलसहित सर्वोच्चका न्यायाधीश हरिप्रसाद फुयाल, विशेष अदालतका न्यायाधीश रितेन्द्र थापा र उच्च अदालत पाटनका न्यायाधीश हेमन्त रावल रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २ फागुन । भालेश्वर महादेव मन्दिर, चन्द्रागिरीमा महाशिवरात्रीको पावन अवसरमा चन्द्रागिरीमा महाशिवरात्री विशेष भजन–कीर्तन उत्सवको तयारी तीव्र बनाईएको छ ।

काठमाडौँ, २ फागुन । भोली (आइतबार) परेको महाशिवरात्रि पर्व तयारी पूरा भएको छ । ट्राफिक प्रहरीले उक्त पर्वको अवसरमा हुने

काठमाडौँ, २ फागुन । ललितपुरमा मिनी ट्रक दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय ललितपुरका अनुसार कोञ्जोसोम

काठमाडौँ, २ फागुन । आज फेब्रुअरी-१४ अर्थात् विश्वभर प्रेम र स्नेह साटासाट गर्ने दिनका रूपमा मनाइने ‘भ्यालेन्टाइन डे’ नेपालमा पनि