मुम्बई, १४ बैशाख । बलिउड अभिनेता अक्षय कुमारको हालै रिलिज भएको फिल्म ‘केसरी-२’ विवादमा घेरिएको छ । फिल्मका संवादहरू चोरीको आरोप लगाइएको हो । यो आरोप एक युट्युबरले लगाएका हुन् ।
युट्युबर तथा कवि याह्या बुटवालाले फिल्मका लेखक र निर्माताहरूमाथि गम्भीर आरोप लगाउँदै फिल्ममा जलियाँवाला बागमा उनको कविता शब्दशः नक्कल गरिएको आरोप लगाएका छन् । उनलाई यसको श्रेय पनि नदिइएको उनको गुनासो छ ।
सामाजिक सञ्जालमा आफ्नो कविताको भिडियोसँगै, युट्युबरले फिल्मको अनन्या पाण्डेको क्लिप पनि सेयर गरेका छन् जसमा उनको कविता प्रयोग गरिएको छ। फिल्मकी लेखिका सुमिता सक्सेनाले कपी-पेस्ट गरेको उनको दाबी छ । आफ्नो पोस्टमा याह्याले अक्षय कुमार, करण जोहर, अनन्या पाण्डे, सुमित सक्सेना र धर्मा प्रोडक्सनलाई ट्याग गरेका छन् ।





