पुटिन र ट्रम्पका दूतबीच मस्कोमा भेटवार्ता

एजेन्सी, १३ वैशाख । एक जना रुसी सहयोगीले राष्ट्रपति भ्लादिमिर पुटिन र डोनाल्ड ट्रम्पका दूतबीच रचनात्मक बैठक भएको बताएका छन् । जसलाई उनले अति उपयोगी समेत भनेका छन् । 

पुटिनका सहयोगी यूरी उशाकोभका अनुसार अमेरिकी दूत स्टीभ विटफोक र पुटिनबीच मस्कोमा तीन घण्टा रचनात्मक वार्ता भएको हो । उशाकोभले रुस र युक्रेनबीच सीधा वार्ता फेरि सुरु हुने सम्भावना चर्चाको मुख्य विन्दु रहेको बताएका छन् । उनले भने, ‘रुस, अमेरिका र युक्रेन मात्रै नभई अन्य अन्तर्राष्ट्रिय मुद्दामाथि समेत निकटस्थता बढेको छ ।’

अमेरिकाले बैठकका दौरान भएको छलफलबारे कुनै विवरण जारी गरेको छैन । यद्यपि, राष्ट्रपति डोनाल्ड ट्रम्पले दुबै पक्षबीच शान्ति सम्झौता गराउने काम पुनः चलेको बताएका छन् । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २१ असाज । बृटिश गाेर्खा नेपाली नागरिकता निरन्तरता (सिएनसिबिसी) र रिब्डीकाेट बुद्व विहार पाल्पाले भाेटेकाेशी बाढी प्रभावितका लागि आर्थिक

काठमाडाैँ, २१ असाेज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सार्वजनिक सेवामा २५ वर्ष

काठमाडौँ, २१ असोज । सूचना तथा सञ्चारमन्त्री डा.विक्रम तिमिल्सिनासँग स्विट्जरल्यान्डको ‘फेडेरल अफिस अफ कम्युनिकेसन्स’ (ओएफसीओएम) का वरिष्ठ नीति सल्लाहकार इसाबेल

काठमाडौँ, २१ असोज । राष्ट्रिय दलित आयोगले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस गरेको छ ।