शिक्षमन्त्री पन्तलाई पूर्वमन्त्री तामाङद्वारा ११ सुझाव

काठमाडौँ, १२ वैशाख । पूर्वमन्त्री तथा नेकपा (एमाले)का नेता शेरबहादुर तामाङले नवनियुक्त रघुजी पन्तलाई ११ बुँदे सुझाव दिनुभएको छ । शिक्षाको सुधार र आगामी रणनीतिको बारेमा मन्त्री पन्तलाई उक्त ११ सुझावहरु सामाजिक सञ्जालबाट दिनुभयो । उक्त सुझावहरुको विस्तृत योजना लिखित रुपमा दिने प्रतिवद्धता समेत जनाउनुभयो ।

उहाँले आफ्नो सामाजिक सञ्जालमा लेख्नुभएको छ, ‘रघुजीलाई हार्दिक बधाई अनि केही सुझाव पनि, सर्वप्रथम त तपाईँ नेपाल सरकारको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री जस्तो गरिमामय पदमा नियुक्त हुनुभएकोमा हार्दिक बधाई तथा सफलताको शुभकामना व्यक्त गर्दछु ।

तपाईँ एक कुशल स्पष्ट वक्ता तथा लामो समय पत्रकारिताको अनुभव प्राप्त राजनीतिज्ञ हुनुहुन्छ। तपाईंको स्पष्टता र निडरता मलाई पनि अत्यन्तै मनपर्छ। तपाईँका विषयमा समाजमा मान्छेका अनेकथरी बुझाइहरू बाहिर आएका छन् । सकारात्मक बुझाइहरूलाई धन्यवाद भन्दै नकारात्मक बुझाइहरूलाई कामले जित्नुपर्नेछ। जिम्मेवारी पटकपटक आउँदैन आएको बेलामा गरेर देखाउने हो। तपाईंले अहिले यो अवसर प्राप्त गर्नुभएको छ। त्यसैले तपाईँले यो अवसरलाई सदुपयोग गर्नुहुनेछ भन्ने मलाई पूर्ण विश्वास छ। अंग्रेजीमा एउटा भनाइ छ, “Opportunity and Challenge comes together.”। तसर्थ तपाईँको अत्यन्त शुभचिन्तक हितैसीको नाताले शिक्षा क्षेत्रमा सुधार गर्नको लागि केही सुझावहरू राख्न चाहन्छु ।

१. विद्यालय शिक्षालाई बिहानी शिफ्टमा चलाउने (यस विषय र यसबाट हुने लाभको बारेमा विस्तृत रुपमा तपाईँसँग लिखित रूपमा भेटमा राख्नेछु ।)

२. वर्तमान शिक्षक आन्दोलनलाई वार्ताद्वारा तत्काल समाधान गर्ने ।

३. विद्यालय शिक्षामा नेपाली “Moral and Values” पढाउने गरी नैतिक शिक्षाको पाठ्यक्रम तयार गर्न लाग्नुहोला ।

४. समृद्ध राष्ट्र निर्माण गर्ने आधार नै शिक्षा भएकोले विद्यालय शिक्षादेखि नै नेपाली उत्पादन, नेपालको माटो, नेपालको प्राकृतिक साधन स्रोत र नेपालमै हुने आम्दानीको बारेमा पढाउने व्यावसायिक शिक्षाको पाठ्यक्रम तयार गर्न लाग्नुहोला ।

५. सम्भव भए डिप्लोमा पास गरे पछि मात्रै नेपाली विद्यार्थीहरू विदेशमा पढ्न जाने व्यवस्था मिलाउन कोसिस गर्नुहोला ।

६. विदेशी युनिभर्सिटीको सम्बन्धन प्राप्त कलेजहरूले जति पनि विद्यार्थी भर्ना गर्न पाउने तर नेपालका युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कलेजहरूलाई सीमित कोटा तोक्ने र नियोजन गर्ने कुरा तत्काल बन्द गर्नुहोला ।

७. विद्यालयहरूको तत्काल म्यापिङ थाल्नुहोला । र विद्यालयहरूलाई मर्ज गरेर आवासीय सुविधासहितको बिग स्कुलको अवधारणा लागु गर्नुहोला ।

८. विद्यालयहरूलाई दिउँसोको सिफ्टमा व्यावसायिक तालिम केन्द्रको रुपमा विकास गर्न कार्यक्रम अगाडि बढाउनुहोला ।

९. काम गर्दैछ पढ्दैछ कार्यक्रमको बारेमा अध्ययन थाल्नुहोला ।

१०. प्राविधिक तथा व्यावसायिक शिक्षामा बढी ध्यान दिनुहोला ।

११. सम्भव भए सबै शिक्षक कर्मचारी तथा सरकारी तलब भत्ता खाने व्यक्तिहरूले सार्वजनिक विद्यालयहरूमा बालबच्चा पढाउनुपर्ने व्यवस्था लागू गर्ने ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० भदौ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा आएको भीषण बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रधानमन्त्री बालेन्द्र

काठमाडौँ, १० भदौ । बाढीबाट उत्पन्न परिस्थितिका कारण प्रतिनिधि सभाको बैठक स्थगित गरिएको छ । बिहीबार दिउँसो १ बजे बस्ने

काठमाडौँ, १० भदौ । रसुवा र नुवाकोटमा बाढीका कारण प्रभावितहरूको उद्धारलाई पहिलो प्राथमिकतामा राखिएको गृहमन्त्री सुधन गुरुङले बताएका छन् ।

काठमाडौँ, १० भदौ । सरकारले भोटेकोशी बाढीबाट घाइतेहरूको निःशुल्क उपचार गर्ने भएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउँदै