शिक्षकका मागमा सरकार सकारात्मक : मन्त्री गुरुङ

काठमाडौँ, ११ वैशाख । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकार शिक्षकका माग सम्बोधन गर्न सकारात्मक रहेको बताउनुभएको छ ।

मन्त्रीपरिषद् बैठकका निर्णय बुधबार सिंहदरबारमा सार्वजनिक गर्दै मन्त्री गुरुङले विद्यालय शिक्षा ऐन जारी गरेर शिक्षकका माग सम्बोधन गरिने बताउनुभएको हो । मन्त्री गुरुङले वैशाख १२ गते बर्खे अधिवेशन बोलाएर द्रुत प्रक्रियाबाट विद्यालय शिक्षा विधेयक पारित गरिने जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “शिक्षकका माग सम्बोधन गर्न वैशाख १२ गते बर्खे अधिवेशनबाट ‘फास्ट ट्र्याक’ बाट विद्यालय शिक्षा विधेयक पास गराउने तयारी छ । शिक्षकको माग ऐन चाहियो भन्ने छ । परिस्थिति जटिल छ । भर्खरै एसइई परीक्षा भएकाले उत्तरपुस्तिका जाँच भएन भने समयमै नतिजा निकाल्न सकिँदैन । त्यो भएमा कक्षा १२ को भर्नाको म्याद सकिन्छ । अन्त्यमा विद्यार्थीको भविष्य बर्बाद हुन्छ ।” 

मन्त्री गुरुङले केही दिनपछि कक्षा १२ को परीक्षा गराउनुपर्ने भएकाले शिक्षकले सहयोग गर्नुपर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ कार्तिक । गुल्मीको कालीगण्डकी गाउँपालिका–२ अर्बेनीको दबौखानीमा स्कार्पियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको ६ भने तीन जना घाइते

काठमाडौँ, ९ कार्तिक । धितोपत्र बजारमा आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य गिरावट आएको छ । नेप्से परिसूचक ४.३४

काठमाडाैँ, ९ कार्तिक । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका ‘ग्लोबल फाइनान्स’ द्वारा प्रदान गरिने ‘बेष्ट बैंक अवार्ड’

काठमाडौँ, ९ कार्तिक । सुनसरीको इटहरीबाट जुवातास खेलिरहेको अवस्थामा रु चार लाख ५६ हजार नगदसहित आठ जना पक्राउ परेका छन्