शिक्षकका मागमा सरकार सकारात्मक : मन्त्री गुरुङ

काठमाडौँ, ११ वैशाख । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकार शिक्षकका माग सम्बोधन गर्न सकारात्मक रहेको बताउनुभएको छ ।

मन्त्रीपरिषद् बैठकका निर्णय बुधबार सिंहदरबारमा सार्वजनिक गर्दै मन्त्री गुरुङले विद्यालय शिक्षा ऐन जारी गरेर शिक्षकका माग सम्बोधन गरिने बताउनुभएको हो । मन्त्री गुरुङले वैशाख १२ गते बर्खे अधिवेशन बोलाएर द्रुत प्रक्रियाबाट विद्यालय शिक्षा विधेयक पारित गरिने जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “शिक्षकका माग सम्बोधन गर्न वैशाख १२ गते बर्खे अधिवेशनबाट ‘फास्ट ट्र्याक’ बाट विद्यालय शिक्षा विधेयक पास गराउने तयारी छ । शिक्षकको माग ऐन चाहियो भन्ने छ । परिस्थिति जटिल छ । भर्खरै एसइई परीक्षा भएकाले उत्तरपुस्तिका जाँच भएन भने समयमै नतिजा निकाल्न सकिँदैन । त्यो भएमा कक्षा १२ को भर्नाको म्याद सकिन्छ । अन्त्यमा विद्यार्थीको भविष्य बर्बाद हुन्छ ।” 

मन्त्री गुरुङले केही दिनपछि कक्षा १२ को परीक्षा गराउनुपर्ने भएकाले शिक्षकले सहयोग गर्नुपर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १ असोज । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) पूर्वी भूमध्यसागरीय क्षेत्रकी क्षेत्रीय निर्देशक डा.हनान एच.बाल्खीले परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेटवार्ता

काठमाडौँ, १ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद बोधनारायण श्रेष्ठले त्रिशूलीमा खसेका यात्रुवाहक बस र त्यहाँ हराइरहेका यात्रुहरूको

काठमाडौँ, १ असोज । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८२र८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ

काठमाडौँ, १ असोज । गत आर्थिक वर्षको तुलनामा राजस्व संकलन वृद्धि भएको छ । अर्थ मन्त्रालयका अनुसार चालु आर्थिक वर्ष