रवि लामिछानेको रिट हेर्न नमिल्नेमा

काठमाडौँ, ८ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई गैरकानुनी थुनामा राखिएको भन्दै सर्वोच्च अदालतमा दायर बन्दी प्रत्यक्षीकरणको रिट हेर्न नमिल्ने भएको छ । 

रिट निवेदनमाथि सुनुवाइका लागि न्यायाधीश हरिप्रसाद फुयाँलको इजलासमा पेसी तोकिएको थियो । तर फुयालले यसअघि नै लामिछानेको पासपोर्ट दुरुपयोग मुद्दा हेरिसकेकाले फुयालले उनको मुद्दा नहेरेका हुन् ।

आइतबार रविपत्नी निकिता पौडेलले सर्वोच्चमा रविको तर्फबाट बन्दी प्रत्यक्षीकरण रिट दायर गरेकी थिइन् । सुप्रिम बचत तथा ऋण सहकारी ठगी प्रकरणमा लामिछानेलाई जिल्ला अदालत रुपन्देहीले एक करोड धरौटीमा रिहा गरेको थियो । 

धरौटी खारेज हुनुपर्ने मागसहित लामिछानेले उच्च अदालत तुलसीपुर बुटवलमा पुनरावेदन गरेकोमा उच्चले गत चैत चैत २२ गते जिल्लाको आदेश उल्टाउँदै पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको थियो । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ बैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले चुनाव हार्दैमा राजनीतिक दलको भविष्य नसकिने बताएका छन् ।

काठमाडौँ, ६ बैशाख । गृहमन्त्री सुधन गुरुङले मधेश र लुम्बिनी प्रदेशका सांसदसँग सीमापार तस्करी नियन्त्रणका विषयमा छलफल गरेका छन् ।

काठमाडौँ, ६ बैशाख । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल र टर्कीको संसद् ग्रान्ड नेसनल एसेम्बलीका सभामुख नुमान कुर्तुल्मुसबीच शिष्टाचार भेटवार्ता भएको

काठमाडौँ, ६ बैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक बस्दै छ । आज दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा