सरकारी कार्यालयको पुँजीगत खर्च न्यून

वीरगञ्ज, ८ वैशाख  । पर्साका सरकारी कार्यालयको विकास निर्माण लक्षित पुँजीगत खर्च न्यून देखिएको छ ।

चालु आवमा पर्साका सरकारी कार्यालयका लागि रु दुई अर्ब ७३ करोड पुँजीगत खर्च विनियोजन गरिएकोमध्ये चैत मसान्तसम्मको अवधिमा भने २७ दशमलव ९६ प्रतिशतअर्थात् रु ७६ करोड ६० लाख रकम मात्रै खर्च गरेका छन् ।

कोष तथा लेखा नियन्त्रक कार्यालय पर्साका  प्रमुख कोष नियन्त्रक मनोजकुमार जोशीले पर्साका सरकारी कार्यालयले अपेक्षाकृत ढङ्गले पुँजीगत खर्च गर्न नसकेको बताए । “चालु आव सकिन अब तीन महिनाभन्दा कम समय छ”, उनले भने, “सङ्घीय सरकारको हाराहारीमा पनि यहाँका कार्यालयले पुँजीगत खर्च गर्न सकिरहेका छैनन् ।” उनले पुँजीगत खर्च गरेर विकास निर्माणका कार्यलाई अघि बढाउनका लागि अनुरोध गरे । 

पर्साका सरकारी कार्यालयका लागि चालु आवमा चालु खर्चतर्फ रु १० अर्ब ६२ करोड विनियोजनमध्ये ६४ दशमलव ८९ प्रतिशतअर्थात् रु छ अर्ब ८९ करोड खर्च भएको छ । पर्साका सरकारी कार्यालयले चालु आवको चैत मसान्तसम्मको अवधिमा रु एक खर्ब ६१ राजस्व सङ्कलन गरेका छन् । यहाँका सरकारी कार्यालयले गत आवको सोही अवधिमा भने रु एक खर्ब ५१ करोड राजस्व सङ्कलन गरेका थिए । पर्सामा करिब ६० भन्दा धेरै सङ्घीय सरकार मातहतका कार्यालय रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ असार । आज सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार

कैलाली, १२ असारः माथिबाट बग्दै आएको नेपालकै लामो कर्णाली नदी जब कैलालीको चिसापानी पुग्छ, तब एकछिन आफ्नै सौन्दर्य नियाल्न रोकिएझैँ

काठमाडौँ, १२ असार । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ

काठमाडौँ, १२ असार । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । Fixed by Nepal Rastra Bank