बसको ढोकाबाट खस्दा शिक्षकको मृत्यु

बैतडी, ७ वैशाख । विद्यार्थी भर्नाका लागि प्रचारमा गएको बसको ढोकाबाट खसेर एक जना शिक्षकको मृत्यु भएको छ ।

शनिवार साँझ दार्चुलाको गोकुलेश्वर स्थित चौलानी बोडिङ्ग स्कुलको प्रचारप्रसारमा गएका शिक्षकको महाकाली राजमार्ग अन्तरगत डिलाशैनी गाउँपालिका ६ बाँगावगरमा बसको ढोकाबाट खसेर  मृत्यु भएको हो ।

गोकुलेश्वर बजारबाट बैतडीको दोगडाकेदार गाउँपालिका सिमानातिर गइरहेको उक्त विद्यालयको सु.प्र ०४, ००१क ०००९ नम्बरको बसको ढोकाबाट खस्दा दोगडाकेदार गाउँपालिका ४ का अन्दाजी २६ वर्षीय विष्णुदत्त भट्टको मृत्यु भएको इलाका प्रहरी कार्यालय गोकुलेश्वर प्रहरीले जानकारी दिएको छ ।

विद्यार्थी भर्नाको प्रचारप्रसार बाट फर्कँदै गर्दा शनिवार साँझ सवा ५ बजेतिर शिक्षक भट्ट बसको ढोकाबाट खसेर घाइते हुनुभएको  थियो । बस र चालक अहिले इलाका प्रहरी कार्यालय गोकुलेश्वरको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ असोज । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपालको संविधान नेपाली जनताको दशकौँ लामो बलिदानी संघर्षको जगमा जननिर्वाचित

काठमाडौँ, २ असोज । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले विदेशी चलखेलका कारण मुलुक ठुलो सङ्कटबाट गुज्रिरहेको बताएका

काठमाडौँ, २ असोज । राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले चीनले अघि सारेको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) ग्लोबल साउथका देशहरूको साझा

काठमाडौँ, २ असोज । नेपाली कांग्रेसका सभापति गगन थापाले नयाँ पुस्ताको विश्वास र समयको मागअनुसार कांग्रेसलाई अझ सशक्त र जनमुखी बनाउनुपर्ने