विद्यालय बन्द गरेर विद्यार्थीको भविष्य अन्धकारमा धकेल्ने काम उचित होइन : महासचिव पोखरेल

काठमाडौँ, ७ वैशाख । नेकपा एमालेका महासचिव शंकर पोखरेलले विद्यालय बन्द गरेर विद्यार्थीको भविष्य अन्धकारमा धकेल्ने काम उचित नभएको बताएका छन् ।

शनिबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै महासचिव पोखरेलले शिक्षा ऐन ल्याउन सरकार प्रतिबद्ध रहेको बताए । उनले यही १२ गतेबाट सुरु हुने संसद्को अधिवेशनमा शिक्षा ऐन प्राथमिकतामा रहेको समेत बताएका छन् । पोखरेलले सो ऐन अब पास हुने कुरामा ढुक्क हुन समेत सबैलाई आग्रह गरे ।

उनले भनेका छन्, ‘विद्यालय शिक्षा ऐन अब पास नहुने कुरा छैन – ढुक्क होऔं ! विद्यालय शिक्षा ऐन ल्याउने जिम्मेवारी लामो समय माओवादी केन्द्रसँग थियो । तर अहिले उल्टै वर्तमान सरकारलाई दोष दिँदै “पानी माथिको ओभानो” बन्ने प्रयास लाजमर्दो छ ।

वर्तमान सरकार बनेको एक वर्ष पनि नपुगेको अवस्थामा विधेयकमा आएका संशोधनहरूको गम्भीर समीक्षा गर्दै दुई दलीय संयन्त्रमार्फत काम अघि बढाइसकेको छ । अहिलेको सरकारले विगतमा नभएका पहलहरू गरिरहेको छ, जसको समर्थन गर्नु जरुरी छ । माओवादी केन्द्रले आलोचना होइन, निःशर्त सहयोग गर्नुपर्छ। आफूले नगरेको काम अहिलेको सरकारले गर्न खोजेकोमा धन्यवाद दिनुपर्छ ।

आन्दोलनरत शिक्षकहरूले पनि यथार्थ बुझ्नुपर्छ—जो काम गर्न खोज्दैछ, उसलाई निरुत्साहित गर्नु बुद्धिमानी होइन।

विद्यालय बन्द गरेर विद्यार्थीको भविष्य अन्धकारमा धकेल्ने काम उचित होइन । शिक्षा ऐन ल्याउन सरकार प्रतिवद्ध छ, र यही १२ गतेबाट सुरु हुने संसद्को अधिवेशनमा यो प्राथमिकतामा छ ।

अब सबै पक्ष जिम्मेवार बनौं । संघीयता कार्यान्वयनसँग सम्बन्धित ऐनहरू पारित गर्न सहकार्य गरौं । शिक्षा हाम्रो साझा भविष्य हो—यसलाई दलिय राजनीतिक स्वार्थको विषय नबनाऔं !

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ असोज । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपालको संविधान नेपाली जनताको दशकौँ लामो बलिदानी संघर्षको जगमा जननिर्वाचित

काठमाडौँ, २ असोज । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले विदेशी चलखेलका कारण मुलुक ठुलो सङ्कटबाट गुज्रिरहेको बताएका

काठमाडौँ, २ असोज । राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले चीनले अघि सारेको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) ग्लोबल साउथका देशहरूको साझा

काठमाडौँ, २ असोज । नेपाली कांग्रेसका सभापति गगन थापाले नयाँ पुस्ताको विश्वास र समयको मागअनुसार कांग्रेसलाई अझ सशक्त र जनमुखी बनाउनुपर्ने