शिक्षक आन्दोलनप्रति रामकुमारी झाँक्रीको आक्रोस

काठमाडौँ, ६ वैशाख । एकीकृत समाजवादी पार्टीको नेतृ रामकुमारी झाँक्रीले विगत १७ दिनेदेखि काठमाडौँ केन्द्रीत शिक्षकहरुको आन्दोलनप्रति कडा आक्रोस व्यक्त गरेकी छिन् ।

शिक्षक जस्तो बौद्धिक वर्गले संविधान, ऐन तथा नेपालको कानुनी प्रकृयालाई लत्याउन खोज्नु लाखौं विद्यार्थीको भाग्य र भविष्य अन्धकार बनाउनु भएको भन्दै आक्रोस जनाएकी हुन् । शिक्षकहरुले सडक आन्दोलनको बहानामा तमासा देखाएको भन्दै उनले सडकबाट ऐन पासन नहुने चेतावनी समेत दिइन ।

उनले आफ्नो सामाजिक सञ्जालमा लेखेकी छिन्, ‘अब चाहि शिक्षकहरूको रमिता बढी भयो । मैले पनि यो सडकलाई नजिकबाट हेरिरहेकी छु। यतिका दिन बित्यो आउने नाच्ने, गाउने जाने भएको छ। के शिक्षकलाई कसैले पनि सुनेन त भनेर चासो राखें। मध्यस्तकर्ता जस्तो भए पनि केही न केही काम गरौ भन्ने लाग्यो। शिक्षक, सरकार र संसदको बिचमा समन्वय र संवाद गराउनु पर्यो भनेर धेरै कोणबाट उहाँहरूसंग कुरा पुराउने, संवाद गर्ने प्रयास पनि गरें। तर उहाँहरू त संवाद नै नगर्ने रे? शिक्षा ऐन ऐले पास हुनुपर्छ अन्यथा हामी विधालय फर्कदैनौ भन्नुहुन्छ। के ऐन सडकबाट पास हुने हो र?

विधेयक पास गर्ने संसद र सरकारको आफ्नो कानूनले निर्धारण गरेको प्रक्रिया हुदैन? के सडकको रमितामा पुगेका सांसद, पूर्वमन्त्री, पूर्वप्रम र नेताहरुले सडकबाटै ऐन पास गर्दिनुहुने रहेछ? समितिमा दफावार छलफलमा रहेको विधेयक पास नभई फर्कन्नौ भन्न मिल्छ? राज्यको तलव खाएका शिक्षक कर्मचारीले? भर्नाको बेला विधालय बन्द गरेर लाखौ विधार्थीको भविश्य अन्यौल बनाउन मिल्छ? निजी स्कूलले धमाधम भर्ना गरेर कक्षा चलाउन लागिसकेका छन।यहाँहरूले पढाएका कयौ विधालयको BLE को रिजल्ट सून्य छ। के यो विषयमा चिन्चित हुनहुन्छ? आगामी दिनमा सुधार्न के गर्नुपर्छ भनेर कतै छलफलमा रूचि देखाउनु भएको छ? ऐन आउँछ भनेर सरकारले प्रतिबद्धता जनाएको छ। सरोकारवाला सबैको चासो पनि छ ।शिक्षकहरूले यति सम्म ध्यानाकर्षण गराउनु ठिकै हो । किन भने ऐन पहिले नै आउनुपर्ने थियो, आउन सकेन। अब आउँछ। विधेयक समितीमा दफावार छलफलमा छ। विधेयक संसोधन सहित पास हुने भएकोले पनि छलफलले समय लिएको हो। अब भने विधेयक समितीबाट पास हुने प्रक्रिया छ। समितीले पास गरेपछि हाउसमा जान्छ। सरकारको प्रतिबद्धता छ, यो अधिवेशनमा ऐन आउँछ। सर/मेडमहरू अब विधालयमा फर्कनुस। आफ्नो जिम्मेवारी बहन गर्नुस। सरकार र संसदलाई विश्वास गर्नुस। जिम्मेवार नेता साथिहरू! ऐक्यवद्धताको रमिता तपाईहरू पनि नगर्नुस बल र कोर्ट दुबै तपाईकै खुट्टामा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० भदौ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा आएको भीषण बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रधानमन्त्री बालेन्द्र

काठमाडौँ, १० भदौ । बाढीबाट उत्पन्न परिस्थितिका कारण प्रतिनिधि सभाको बैठक स्थगित गरिएको छ । बिहीबार दिउँसो १ बजे बस्ने

काठमाडौँ, १० भदौ । रसुवा र नुवाकोटमा बाढीका कारण प्रभावितहरूको उद्धारलाई पहिलो प्राथमिकतामा राखिएको गृहमन्त्री सुधन गुरुङले बताएका छन् ।

काठमाडौँ, १० भदौ । सरकारले भोटेकोशी बाढीबाट घाइतेहरूको निःशुल्क उपचार गर्ने भएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउँदै