अर्थतन्त्र चलायमान बनाउन सरकार गहनरूपमा काम गर्दै छ : मन्त्री पाण्डे

काठमाडौँ, २ वैशाख । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले देशको अर्थतन्त्र चलायमान बनाउन सरकारले गहनरूपमा काम गरिरहेको बताएका छन् ।

आज ललितकला मेला, २०८२ को उद्घाटन समारोहमा मन्त्री पाण्डेले सबै कुरामा निराश भएरमात्रै नहुने बताए । अहिले देशको अर्थतन्त्र अप्ठेरो स्थितिमा रहेको उल्लेख गर्दै उनले देशको अर्थतन्त्र चलायमान बनाउनुपर्ने जिम्मेवारी रहेको बताए ।

उनले भने, “देशको अर्थतन्त्र उठाउनुपर्ने, देशको अर्थतन्त्र चलायमान बनाउनुपर्ने, चारैतिरबाट अर्थतन्त्र चलायमान बनाई, बलियो बनाई हाम्रा भौतिक संरचना र हाम्रा नवीन कार्यक्रम दिनुपर्ने उत्तरदायित्व हाम्रो काँधमा छ । त्यो दिशामा सरकारले मसिनो ढंगले मिहिनेत र प्रयास गरिरहेको छ । त्यसको प्रतिफल विस्तारै प्राप्त गर्दै जानेछौँ ।”

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २८ बैशाख । सरकारले अबदेखि राजनीतिक आडमा नभइ योग्यताको आधारमा मात्रै शिक्षकको नियुक्ति हुने घोषणा गरेको छ । आज

काठमाडौँ, २८ बैशाख । सरकारले विदेशबाट फर्किने नेपालीका लागि नयाँ प्याकेज ल्याउने घोषणा गरेको छ ।  राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय

काठमाडौँ, २८ बैशाख । सरकारले तोकिएकोभन्दा बढी लगानी गर्ने लगानीकर्ताका लागि ‘लगानी भिसा’ उपलब्ध गराउने भएको छ । आगामी आर्थिक

काठमाडौँ, २८ बैशाख । सर्वोच्च अदालतले विद्यार्थी संगठन खारेज नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । आज न्यायाधीश श्रीकान्त