सिरुवा पर्वले सत्मार्गमा अघि बढ्न प्रेरणा दिन्छ : मुख्यमन्त्री कार्की

विराटनगर, २ वैशाख । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सिरुवा पर्व २०८२ को सुखद् अवसरमा देशविदेशमा रहेका आम नागरिकमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गरेका छन् । 

पर्वका अवसरमा आज  शुभकामना सन्देश जारी गर्दै उनले यस प्रदेशमा आदिकालदेखि बस्दै आएका आदिवासी जनजातिले मनाउने यो पर्व कोशी प्रदेशको मात्र नभएर देशकै एउटा मौलिक पर्व भएको  बताए । कोशी प्रदेश सरकार हाम्रा मौलिक सांस्कृतिक पर्वहरूको संरक्षण र संवर्द्धन गर्दै सबै जातजाति, भाषाभाषी, संस्कृति र पहिचानलाई स्थापित गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे ।

सन्देशमा भनिएको छ, “नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक मुलुक हो । यही विविधताका बीचमा हुर्किएको सिरुवा पर्वले हामी सबैलाई सत्मार्गमा हिँड्दै समृद्धिको दिशामा अघि बढ्न प्रेरणा दिने छ । कोशी प्रदेश सरकारले नयाँ वर्षको सुखद् अवसरमा कोशी पर्यटन वर्ष २०८२ मनाउँदै गर्दा हाम्रा मौलिक पर्वहरूले आम नेपालीलाई मात्र नभई अन्य मुलुकका नागरिक एवं पर्यटकलाई समेत आकर्षित गर्ने विश्वास लिएका छौँ । हाम्रो देशमा भएका सांस्कृतिक र धार्मिक विविधताको संरक्षण र प्रवर्द्धन गर्न सके पर्यटन क्षेत्रको विकाससँगै रोजगारीका अवसर सृजना र समुन्नतिको मार्ग निर्माण गर्न टेवा पुग्ने छ ।” 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ बैशाख । काठमाडौँमा टिपरको ठक्कर स्कुटर चालकको मृत्यु मृत्यु भएको छ । प्रहरीका अनुसार गोकर्णेश्वर नगरपालिका–४ माइती नेपाल चोकस्थित

मुस्ताङ, १४ बैशाख । पछिल्लो समय हिमाली जिल्ला मुस्ताङमा जलवायु सङ्कटका कारण खानेपानीका मुहान सुक्दै जान थालेका छन् । कृषि

काठमाडौँ, १४ बैशाख । आज बिहान डोल्पा केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्पको केन्द्रबिन्दु

काठमाडौँ, १४ वैशाख । प्रत्येक वर्ष वैशाख कृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज