भक्तपुरका विद्यालयमा आगामी शैक्षिक सत्रबाट योग कक्षा सञ्चालन गरिने

भक्तपुर, ३१ चैत । जिल्ला भित्रका विद्यालयहरुमा आगामी शैक्षिक सत्रबाट लागु हुने गरि योग कक्षा सञ्चालन गरिने भएको छ ।

जिल्ला प्रशासन कार्यालय भक्तपुरका प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अर्यालको अध्यक्षतामा शिक्षा विकास तथा समन्वय ईकाई, जिल्ला आर्युवेदिक कार्यालय, योग जिल्ला समन्वय समिति तथा भक्तपुर जिल्ला भित्रका यौगिक संस्थाहरुको रोहवरमा वसेको वैठकबाट योग कार्यक्रम सञ्चालन गरिने निर्णय गरिएको योग जिल्ला समन्वय समितिका सचिव नबराज काफ्लेले जानकारी गराए । शिक्षा विकास तथा समन्वय ईकाई भक्तपुरले संयोजन गर्ने गरि योग जिल्ला समन्वय समिति भक्तपुरको सहकार्यमा सो कार्यक्रम सञ्चालन गर्न लागिएको ईकाई प्रमुख कमला ज्ञवालीले जानकारी गराईन ।

योग पाठ्यक्रम तयारीलगायतको आवश्यकीय गृहकार्यको लागि जिल्ला भित्रका विद्यालय शिक्षकहरुलाई आवश्यक प्रशिक्षणको व्यवस्थापन समेत मिलाउने गरि शिक्षा विकास तथा समन्वय ईकाई प्रमुख कमला ज्ञवाली, योग जिल्ला समन्वय समिति समिति भक्तपुरका अध्यक्ष विजेन्द्र ध्वजु, सचिव नबराज काफ्लेलाई सो वैठकबाट जिम्मेवारी समेत तोकिएको योग जिल्ला समन्वय समिति भक्तपुरका संस्थापक अध्यक्ष बालमुकुन्द सुवालले जानकारी गराए । विद्यालय कक्षा शुभारम्भ गर्नुपुर्व प्रार्थनाको समयमा विद्यालयका छात्र छात्राहरुलाई प्रारम्भिक योग साधनामा जोडि अध्ययन अध्यापन गरिने गरि प्रथम चरणमा जिल्ला भित्रका सामुदायिक विद्यालयबाट थालनी गरिने गरि योजना बनाईएको शिक्षा विकास तथा समन्वय ईकाई प्रमुख ज्ञवालीले जानकारी गराईन ।

जिल्ला प्रशासन कार्यालय भक्तपुरका प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अर्यालले विद्यार्थीहरुमाझ सञ्चालन गरिने यस कार्यक्रमबाट रोगमुक्त शरीर, तनावमुक्त मन र हिंसामुक्त समाज निर्माण गर्न यो अभियान कोशेढुगां सावित हुने विश्वास प्रकट गर्दै प्रमुख जिल्ला अधिकारी अर्यालले यस कार्यलाई दिगोसाथ सञ्चालन गर्न गराउन जिल्ला भित्रका सम्पूर्ण योगिक संघसंस्थाहरुलाई विशेष अपिल समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ भदौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादव र साउदी अरबका परराष्ट्रमन्त्री फैसल बिन फरहानबीच शिष्टाचार भेटवार्ता

काठमाडाैँ, ११ भदाै । परराष्ट्रमन्त्री शिशिर खनाल र बङ्गलादेशका परराष्ट्रमन्त्री डा.खलिलुर रहमानबिच टेलिफोन वार्ता भएको छ । टेलिफोन वार्ताका क्रममा

काठमाडाैँ, ११ भदाै । नेपाली कांग्रेसका सभापति गगन थापाले विपद्‍को बेलामा सरकारसँग भएका स्रोत र साधनबाट सम्भव नहुने बताएका छन् ।

काठमाडौँ, ११ भदौ । विद्युत पूर्वाधार संरचनामा भएको क्षतिले विद्युत् अवरुद्ध भएको रसुवा बाढी प्रभावित क्षेत्रमा ऊर्जा, जलस्रोत तथा सिँचाइ