परीक्षा र उत्तरपुस्तिका परीक्षणमा सहयोग गर्न आन्दोलनरत शिक्षकलाई बोर्डको अपिल

काठमाडौँ, ३० चैत । राष्ट्रिय परीक्षा बोर्डले परीक्षा र उत्तरपुस्तिका परीक्षणमा संलग्न भइ विद्यार्थीको जीवनको महत्त्वपूर्ण समयलाई ख्याल गर्न आन्दोलनरत शिक्षकलाई अपिल गरेको छ ।

शिक्षक आन्दोलनका कारण कक्षा १० को अन्तिम परीक्षा एसईईको कापी परीक्षण प्रभावित भएको छ भने वैशाख ११ गतेबाट सुरु हुने कक्षा १२ को अन्तिम परीक्षा पनि प्रभावित हुने देखिएको छ । यही सन्दर्भमा बोर्डले अपिल जारी गर्दै परीक्षाको उत्तरपुस्तिका परीक्षणमा हुने ढिलाइले विद्यार्थीले नतिजा प्राप्ति पछि पाउने अवसरमा प्रत्यक्ष असर पार्नेतर्फ सचेत गराएको छ ।

“एसईई दिइसकेका विद्यार्थी समयभित्र नतिजा प्राप्तिको पर्खाइमा छन् । विद्यार्थीको नतिजा प्रकाशनमा एकदिन मात्रको ढिलाइले उनीहरूको जीवनको महत्त्वपूर्ण अवसर गुम्न सक्छ । उत्तरपुस्तिका परीक्षण जस्ता कार्य विज्ञ शिक्षकबाहेक अरूबाट हुन सक्दैन । यसका लागि राष्ट्रिय परीक्षा बोर्डले शिक्षकहरूकै सल्लाह र सुझावमा नतिजा प्रकाशनको कार्यतालिकासहित कार्ययोजना बनाइ काम सुरु भइरहेको छ,” बोर्डले भनेको छ, “कक्षा १२ को माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा २०८२ वैशाख ११ गतेदेखि सुरु हुँदैछ । कक्षा १२ का विद्यार्थीहरू उत्सुकताका साथ परीक्षाको पर्खाइमा छन् । उत्तरपुस्तिका परीक्षण तथा परीक्षा सञ्चालन व्यवस्थापनमा शिक्षकहरूकै अहम् भूमिका रहन्छ । परीक्षाको उत्तरपुस्तिका परीक्षणमा हुने ढिलाइले विद्यार्थीले नतिजा प्राप्ति पछि पाउने अवसरमा प्रत्यक्ष असर पार्ने संवेदनशील पक्षमा प्रवुद्ध शिक्षकवर्ग जानकार नै हुनुहुन्छ ।”

शिक्षकको हक अधिकार सुनिश्चित हुने विद्यालय शिक्षा ऐन जारी गर्न दबाब दिन भन्दै नेपाल शिक्षक महासंघको अगुवाइमा चैत २० देखि शिक्षकहरू काठमाडौंको सडकमा प्रर्दशनरत छन् । २५ गते देखि महासंघले उत्तरपुस्तिका परीक्षणदेखि सम्पूर्ण शैक्षिक गतिविधि रोकेर शैक्षिक हड्ताल घोषणा गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ असोज । सिरहाको नरहा गाउँपालिका-३ रोजी मेडिकलस्थित पूर्व-पश्चिम महेन्द्र राजमार्गमा ट्रकको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ भने एकजना

काठमाडौँ, ३ असोज । सुनसरीको इनरुवा नगरपालिका –१०, जाल्पापुर चम्राही टोलबाट १ हजार ४५४ किलो ८७० ग्राम गाँजासहित एक जनालाई पक्राउ

काठमाडौँ, ३ असोज । नियमित गस्तीमा रहेको सशस्त्र प्रहरी बलको टोलीले पर्साका विभिन्न स्थानबाट भन्सार छलेर ल्याइएका तथा लुकाइराखेका रु १७

काठमाडौँ, ३ असोज । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर यस प्रकार निर्धारण गरेको छ । Exchange Rate