एसिया छनोटका लागि २० महिला खेलाडी बन्द प्रशिक्षणमा

काठमाडौँ, ३० चैत । नेपाल क्रिकेट संघ (क्यान)ले आईसीसी महिला विश्वकप एसिया छनोटका लागि दोस्रो चरणको बन्द प्रशिक्षणका २० खेलाडीलाई बोलाएको छ । 

क्यानका प्रवक्ता छुम्बी लामाका अनुसार आगामी मे महिनामा थाइल्याण्डमा हुने आईसीसी महिला विश्वकप एसिया छनोटका लागि दोस्रो चरणको बन्द प्रशिक्षणमा खेलाडीलाई बोलाएको हो ।

दोस्रो चरणको तयारीका लागि इन्दु वर्मा, बिन्दु रावल, सम्झना खड्का, रुबिना छेत्री, रोमा थापा, कविता जोशी, यशोदा बिष्ट, रुबी पोद्दार, राजमती ऐरी, काजल श्रेष्ठ, पूजा महतो, कविता कुँवर, सबनम राई, ईश्वरी बिष्ट, सोमु बिष्ट, मनीषा उपाध्याय, रचना चौधरी, सिता राना मगर, सिमाना केसी र रिया शर्मालाई बोलाइएको हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ बैशाख । प्रहरीसँगको झडपपछि नेपाल शिक्षक महासंघले आकस्मिक बैठक आह्वान गरेको छ ।  आन्दोलनले उग्र रूप लिएपछि महासंघले

काठमाडौँ, १४ बैशाख । सांसद उर्मिला माझीले श्वेता खड्का फाउन्डेसनको ऋणमा सिन्धुपाल्चोकको माझी बस्ती लिलामीमा पर्न लागेको भन्दै जोगाउन संसद्को

काठमाडौँ, १४ बैशाख । नेकपा एमालेले पूर्वराजा ज्ञानेन्द्र शाहका संवाद सचिव डा.फणीन्द्रराज पाठकले संविधान विपरीत समवेदना वक्तव्य निकालेको भन्दै कारबाही

काठमाडौँ, १४ वैशाख । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले चलचित्र क्षेत्रको सुधार तथा आधुनिकीकरणका लागि तयार पारिएको नयाँ ‘चलचित्र ऐन’