चैत मसान्तसम्म सामाजिक सञ्जालहरू दर्ता नभए बन्‍द गर्छौं: मन्त्री गुरूङ

रुपन्देही, २९ चैत । सञ्‍चार तथा सूचना प्रविधिमन्त्री  पृथ्वीसुब्बा गुरूङले चैत मसान्तसम्म सामाजिक सञ्जालहरू दर्ता नभए बन्‍द गर्ने चेतावनी दिएका छन् ।

रुपन्देहीमा आयोजित फोनिजको ८औं महाधिवेशनलाई सम्बोधन गर्दै सञ्‍चारमन्त्री सुब्बाले सामाजिक सञ्जालले नेपालमा दर्ता नगरे बन्द गर्ने चेतावनी दिए । सञ्चारमन्त्री गुरूङले सामाजिक सञ्जालमा जथाभावी स्क्यामहरू आइरहेकोले यसलाई नियन्त्रण गर्न दर्ताका लागि अनुरवध गर्नु परेको बताए । उनले सामाजिक सञ्जाल अरू देशमा दर्ता भएर चल्‍ने गरेको र राजश्व पनि तिर्दै आएकाले नेपाल सरकारलाई पनि राजश्व बुझाउनु पर्ने बताए ।

उनले भने, ‘हामीले मेटालाई दर्ताको सूचना दिएको २ महिना भैसक्यो । तर, कुनै जवाफ आएको छैन । चैत मसान्तसम्म दर्ता नभए बन्‍द गर्छौं । छिमेकी मुलुक भारतलगायतका विभिन्न देशहरूमा फेसबुकलगायतका सामाजिक सञ्जालले दर्ता भएर राजश्व तिरिरहेको  छ । तर, नेपालमा बिना दर्ता नै चलिरहेको छ । अब फेसबुक, एक्स र युटुबलगायतकाले राजश्व तिर्नुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २४ असोज । नेकपा (एमाले)का महासचिव योगेश भट्टराईले पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई तीन सुझावहरु दिएका छन् । आफ्नो

काठमाडौँ, २४ असाेज । राष्ट्रपति रामचन्द्र पौडेलले हाम्रो शिक्षाप्रणालीले विद्यार्थीलाई केवल वर्तमानका लागि मात्र होइन; भविष्यका चुनौती र अवसरका लागि

काठमाडौँ, २४ असाेज । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् । १५औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा थापा ६ हजार

काठमाडौँ, २४ असाेज । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले