चैत मसान्तसम्म सामाजिक सञ्जालहरू दर्ता नभए बन्‍द गर्छौं: मन्त्री गुरूङ

रुपन्देही, २९ चैत । सञ्‍चार तथा सूचना प्रविधिमन्त्री  पृथ्वीसुब्बा गुरूङले चैत मसान्तसम्म सामाजिक सञ्जालहरू दर्ता नभए बन्‍द गर्ने चेतावनी दिएका छन् ।

रुपन्देहीमा आयोजित फोनिजको ८औं महाधिवेशनलाई सम्बोधन गर्दै सञ्‍चारमन्त्री सुब्बाले सामाजिक सञ्जालले नेपालमा दर्ता नगरे बन्द गर्ने चेतावनी दिए । सञ्चारमन्त्री गुरूङले सामाजिक सञ्जालमा जथाभावी स्क्यामहरू आइरहेकोले यसलाई नियन्त्रण गर्न दर्ताका लागि अनुरवध गर्नु परेको बताए । उनले सामाजिक सञ्जाल अरू देशमा दर्ता भएर चल्‍ने गरेको र राजश्व पनि तिर्दै आएकाले नेपाल सरकारलाई पनि राजश्व बुझाउनु पर्ने बताए ।

उनले भने, ‘हामीले मेटालाई दर्ताको सूचना दिएको २ महिना भैसक्यो । तर, कुनै जवाफ आएको छैन । चैत मसान्तसम्म दर्ता नभए बन्‍द गर्छौं । छिमेकी मुलुक भारतलगायतका विभिन्न देशहरूमा फेसबुकलगायतका सामाजिक सञ्जालले दर्ता भएर राजश्व तिरिरहेको  छ । तर, नेपालमा बिना दर्ता नै चलिरहेको छ । अब फेसबुक, एक्स र युटुबलगायतकाले राजश्व तिर्नुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ वैशाख । काठमाडौँको स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारीको रकम अपचलनको कसुरमा कांग्रेसकी सांसद माया राईलाई अनुसन्धानका लागि पक्राउ

काठमाडौँ, १४ वैशाख । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा कम्तीमा १० अर्ब रुपैयाँ भ्रष्टाचार भएको भनेर संसद्को सार्वजनिक लेखा समितिअन्तर्गतको उपसमितिले

काठमाडौँ, १४ वैशाख । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।

काठमाडौँ, १४ वैशाख । नेपाल राष्ट्र बैङ्कले आज आइतबारको लागि विदेशी मुद्राको विनिमय दर यस प्रकार निर्धारण गरेको छ । Exchange