एलन मस्कविरुद्ध ‘ह्यारेस्मेन्ट’को आरोपमा मुद्दा 

काठमाडौँ, २८ चैत । ओपनएआईले बुधबार एलन मस्कविरुद्ध एक मुद्दा दायर गर्दै उनलाई उत्पीडन (ह्यारेस्मेन्ट)को आरोप लगाएको छ ।

ओपनएआई कम्पनीका बारेमा अदालतमा कानुनी लडाइँ चलिरहेको अवस्थामा एलन मस्कलाई थप गैरकानुनी र अनुचित कार्य गर्नबाट रोक लगाउन माग गर्दै ओपनएआईले संघीय न्यायाधीशसामु अनुरोध गरेको सीटेक न्युजले जनाएको छ । ओपनएआईले क्यालिफोर्निया राज्यको एक संघीय अदालतमा मुद्दा दायर गर्दै मस्कले ओपनएआईलाई हानि पुर्‍याउने प्रयास गरिरहेको दाबी गरेको छ । 

मस्क र ओपनएआईका सीईओ साम अल्टम्यानले २०१५ मा एआई कम्पनी सह–स्थापना गरेका थिए । तर, मस्कले उक्त संस्था एआईको क्षेत्रमा ख्याति कमाउनुअघि नै उक्त संस्था छाडेका थिए । तर, २०२३ मा मस्कले आफ्नै एआई फर्म एक्सएआई स्थापना गरेपछि ओपनएआईलाई नाफा कमाउने संस्थामा परिवर्तन गर्न रोक्न खोजेका थिए । 

तर कम्पनीले हालको ४० अर्ब डलरको कोष संकलनका निम्ति यो आवश्यक भएको बताएको छ । यो परिवर्तन वर्षको अन्त्यसम्म पूरा गर्नुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २१ असाज । बृटिश गाेर्खा नेपाली नागरिकता निरन्तरता (सिएनसिबिसी) र रिब्डीकाेट बुद्व विहार पाल्पाले भाेटेकाेशी बाढी प्रभावितका लागि आर्थिक

काठमाडाैँ, २१ असाेज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सार्वजनिक सेवामा २५ वर्ष

काठमाडौँ, २१ असोज । सूचना तथा सञ्चारमन्त्री डा.विक्रम तिमिल्सिनासँग स्विट्जरल्यान्डको ‘फेडेरल अफिस अफ कम्युनिकेसन्स’ (ओएफसीओएम) का वरिष्ठ नीति सल्लाहकार इसाबेल

काठमाडौँ, २१ असोज । राष्ट्रिय दलित आयोगले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस गरेको छ ।