नक्कली प्रमाणपत्र पेस गरी सरकारी जागिर खाएको आरोपमा भ्रष्टाचार मुद्दा

काठमाडौँ, २८ चैत । नक्कली शैक्षिक योग्यताका प्रमाणपत्र पेस गरी सरकारी सेवा प्रवेश गरेको अभियोगमा जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडका प्रमुख स्टोर सहायक प्रेमबहादुर रावलविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

शाखा कार्यालय कैलालीका प्रमुख स्टोर सहायक पदमा कार्यरत रावलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । रावलले प्रशोधन कम्पनी लिमिटेडमा सेवा प्रवेश गर्दा भारतको माध्यमिक शिक्षा परिषद्, उत्तर प्रदेश बोर्ड अफ हाइस्कुल एन्ड इन्टरमिडिएट एजुकेसनबाट जारी शैक्षिक योग्यताका प्रमाणपत्र पेस गरेका थिए । त्यही शैक्षिक प्रमाणपत्रका आधारमा सहायक स्तर (राजपत्र अनंकित चौथो) तहबाट उनी सेवा प्रवेश गरेका थिए ।

तर, रावलले पेस गरेका शैक्षिक कागजात अनुसन्धानका क्रममा नक्कली भएको पुष्टि भएपछि अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको हो । अख्तियारले विशेष अदालतमा दायर गरेको अभियोगपत्रमा भनिएको छ, ‘झुटा–नक्कली शैक्षिक योग्यताका प्रमाणपत्र पेश गरी जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडमा स्टोर सहायक तह चौथो पदमा नियुक्ति लिई बढुवा भई प्रमुख स्टोर सहायक तहको सुविधा प्राप्त गरेको देखिएकोले निजलाई भ्रष्टाचार निवारण ऐन २०५९ बमोजिम कैद र जरिवाना मागदावी लिई विशेष अदालतमा आरोपपत्र दायर गरिएको छ ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ असोज । सिरहाको नरहा गाउँपालिका-३ रोजी मेडिकलस्थित पूर्व-पश्चिम महेन्द्र राजमार्गमा ट्रकको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ भने एकजना

काठमाडौँ, ३ असोज । सुनसरीको इनरुवा नगरपालिका –१०, जाल्पापुर चम्राही टोलबाट १ हजार ४५४ किलो ८७० ग्राम गाँजासहित एक जनालाई पक्राउ

काठमाडौँ, ३ असोज । नियमित गस्तीमा रहेको सशस्त्र प्रहरी बलको टोलीले पर्साका विभिन्न स्थानबाट भन्सार छलेर ल्याइएका तथा लुकाइराखेका रु १७

काठमाडौँ, ३ असोज । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर यस प्रकार निर्धारण गरेको छ । Exchange Rate