स्वास्थ्य सेवामा तीन तहको सहकार्य आवश्यक छ: मन्त्री थापा

ललितपुर, २८ चैत । बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले ललितपुरको कोन्ज्योसोम गाउँपालिकामा निर्माण भएको शंखु अस्पतालको भवन उद्घाटन गर्नुभएको छ ।

उहाँले प्रदेशका अधिकांश पालिकाहरूमा आधारभूत अस्पताल स्थापना भइसकेको जानकारी दिंदै, अब त्यहाँ आवश्यक मेडिकल सामग्री तथा जनशक्ति व्यवस्थापनमा ध्यान दिनुपर्ने बताउनुभयो। “भवन मात्र भएर हुँदैन, चिकित्सकलगायतका अन्य कर्मचारी, उपकरण र सेवा प्रदान गर्ने प्रणाली समेत सँगै हुनुपर्छ,” उहाँले भन्नुभयो।

कोभिड–१९ महामारीको समयमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा सुरु भएको यो अस्पताल स्थापनाको अभियानलाई निरन्तरता दिँदै मन्त्री थापाले सबै तह  संघ, प्रदेश र स्थानीय एकै साथ लाग्नुपर्ने आवश्यकता औंल्याउनुभयो।

“पालिकाहरूबाट चिकित्सक, स्टाफ नर्स लगायत आवश्यक स्वास्थ्यकर्मी र उपकरणको माग भइरहेकै छ । यसलाई सम्बोधन गर्न प्रदेश सरकारले ११९ तहका अस्पताललाई सहयोग गर्ने गरी योजना बनाएको छ,” मन्त्री थापाले भन्नुभयो ।

उहाँले सबै सुविधा तुरुन्त उपलब्ध हुन नसक्ने भए पनि टेलिमेडिसिन सेवाको माध्यमबाट दुर्गम क्षेत्रमा समेत स्वास्थ्य सेवा विस्तार गर्ने योजनामा सरकार अग्रसर रहेको जानकारी दिनुभयो ।

समारोहमा सहभागी जनप्रतिनिधिहरूले स्थानीय तहबाट सुरु भएको यो प्रयासलाई सुदृढ पार्न प्रदेश सरकारको थप सहकार्य आवश्यक रहेको बताएका थिए। मन्त्री थापाले निकट भविष्यमा स्वास्थ्य सेवा गुणस्तरीय र पहुँचयोग्य बनाउन थप कार्यक्रमहरू ल्याइने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

अस्पताल बनाउन स्थानीय विष्णुमाया बोम्जनले ३ रोपनी जग्गा दान गर्नुभएको थियो भने २ रोपनी जग्गा विष्णुमायाको नातिहरु मरिचमान र किशोर बोम्जनसँग १६ लाखमा खरिद गरिएकोसहित ६ रोपनीमा अस्पताल निर्माण गरीएको थियो ।  २०७८ भदौ २३ गते निर्माण कम्पनीसङ्ग १३ करोड ८१ लाख रुपैयाँ निर्माण सम्झौता गरी काम शुरु भएको थियो ।

अस्पताल संचालनमा आएसँगै कोन्ज्योसोम गाउँपालिका, महाँकाल गाउँपालिकाको बुखेल, वाग्मती गाउँपालिकाको इकुडोललगायतका जनतालाई प्रत्यक्ष लाभ पुग्ने  गाउँपालिकाका अध्यक्ष कृष्णमान लामाले जानकारी दिनुभयो ।

अध्यक्ष लामाको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमाले बागमती प्रदेश संसदीय दलका प्रमुख सचेतक मधुसूदन पौडेल, प्रदेश सभा सदस्य उर्मिला कुमारी लामा, जिल्ला जनस्वास्थ्य प्रमुख डा. भुवन पौडेललगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २५ असोज । पूर्वराजा ज्ञानेन्द्र शाहले यस वर्षको विजया दशमीका दिन सर्वसाधारणलाई टीका तथा जमरा नलगाइदिने भएका छन् । उनको

काठमाडौँ, २४ असोज । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मातहतका निकायमा प्रयोग भइरहेका सफ्टवेयर तथा हार्डवेयर खरिद

चितवन, २४ असोज । जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने क्रममा जिल्लाका तीन हजार ३६२ जना मतदाताको नाम

भक्तपुर, २४ असोज । क्रियासिल पत्रकार मञ्च भक्तपुरले बिभिन्न व्यक्तिहरुलाई पत्रकारिता पुरस्कार एवं सम्मान प्रदान गरेको छ । मञ्चले आज