अमेरिकाले चीनविरुद्ध १०४ प्रतिशत आयात कर लगाउने

काठमाडौँ, २७ चैत । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबारदेखि चिनियाँ वस्तुहरूको आयातमा कुल १०४ प्रतिशत आयात कर लगाउने तयारी गरेका छन् । 

राष्ट्रपति ट्रम्पकी ह्वाइट हाउस प्रेस सेक्रेटरी क्यारोलिन लिभिटले मंगलबार पत्रकारहरूसँग कुरा गर्दै उक्त  घोषणा गरेकी हुन् । ट्रम्पले गत बुधबार चीनविरुद्ध ३४ प्रतिशत पारस्पारिक आयात कर लगाएपछि चीनले पनि त्यसको जवाफमा अमेरिकालाई ३४ प्रतिशत आयात कर लगाएको थियो । 

चीनले आफ्नो देशविरुद्ध प्रतिशोधात्मक कर लगाएपछि रिसाएको अमेरिकाले अर्को ५० प्रतिशत आयात कर थप्दै समग्रमा चीनविरुद्ध १०४ प्रतिशत आयात कर लगाउन लागेको सीएनएनले जनाएको छ । 

यसअघि चिनियाँ वाणिज्य मन्त्रालयले चिनियाँ आयातमा थप ५० प्रतिशत कर लगाउने निर्णय गल्तीमाथि अर्को गल्ती भन्दै कडा विरोध गरेको थियो । “चीनजस्ता देशहरूले प्रतिशोध राखेर अमेरिकी श्रमिकहरूप्रति गरिएको दुर्व्यवहार बढाउने गल्ती गरिरहेका छन्,” लिभिटले भनिन्, “राष्ट्रपति ट्रम्पसँग स्टीलजस्तो मेरुदण्ड छ, उनी कसैसँग झुक्दैनन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २१ असाज । बृटिश गाेर्खा नेपाली नागरिकता निरन्तरता (सिएनसिबिसी) र रिब्डीकाेट बुद्व विहार पाल्पाले भाेटेकाेशी बाढी प्रभावितका लागि आर्थिक

काठमाडाैँ, २१ असाेज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सार्वजनिक सेवामा २५ वर्ष

काठमाडौँ, २१ असोज । सूचना तथा सञ्चारमन्त्री डा.विक्रम तिमिल्सिनासँग स्विट्जरल्यान्डको ‘फेडेरल अफिस अफ कम्युनिकेसन्स’ (ओएफसीओएम) का वरिष्ठ नीति सल्लाहकार इसाबेल

काठमाडौँ, २१ असोज । राष्ट्रिय दलित आयोगले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस गरेको छ ।