चीनलाई थप ५० प्रतिशत कर लगाउने ट्रम्पको चेतावनी

वाशिंटन, २६ चैत । अमेरिका र चीन दुवैले एक आपसमा ‘ट्यारिफ’को घोषणा गरेको तेस्रो दिनसम्म विश्वको शेयर बजारमा असर देखिएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनलाई थप चेतावनी दिएका छन् ।

राष्ट्रपति ट्रम्पले चीनले आफ्नो कुरामा अडिग रहेमा थप ५० प्रतिशत ट्यारिफ लगाउने चेतावनी दिएका हुन् । राष्ट्रपति ट्रम्पले वार्ताका नाममा आफ्ना कुनै घोषणा र योजनामा ढिलाई नगर्ने बताए । यो निर्णय लागू भएमा अमेरिका पुग्ने चीनको कुनै सामानको कर १०४ प्रतिशतसम्म हुनेछ ।

सामाजिक सञ्जाल ट्रुथमा आफ्नो कुरा राख्दै ट्रम्पले शुक्रबार घोषणा गरेको ३४ प्रतिशत महसुलको निर्णयबाट चीन पछि नहटेमा अमेरिकाले पनि थप घोषणा गर्ने जनाएका हुन्। यसअघि अमेरिकाले मार्चमा २० प्रतिशत कर तथा गत साता थप ३४ प्रतिशत कर लगाउने निर्णय गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २१ असाज । बृटिश गाेर्खा नेपाली नागरिकता निरन्तरता (सिएनसिबिसी) र रिब्डीकाेट बुद्व विहार पाल्पाले भाेटेकाेशी बाढी प्रभावितका लागि आर्थिक

काठमाडाैँ, २१ असाेज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सार्वजनिक सेवामा २५ वर्ष

काठमाडौँ, २१ असोज । सूचना तथा सञ्चारमन्त्री डा.विक्रम तिमिल्सिनासँग स्विट्जरल्यान्डको ‘फेडेरल अफिस अफ कम्युनिकेसन्स’ (ओएफसीओएम) का वरिष्ठ नीति सल्लाहकार इसाबेल

काठमाडौँ, २१ असोज । राष्ट्रिय दलित आयोगले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस गरेको छ ।