काठमाडौँ, २५ चैत । ‘इन्डियन आइडल १५’को उपाधि मानसी घोषले जितेकी छन् ।
आफ्नो जादुमयी आवाजले करोडौं दर्शकको मन जितेकी उनले ट्रफीसँगै २५ लाख भारु नगद पुरस्कार प्राप्त गरिन् । योसँगै उनले नयाँ चम्किलो कार पनि पाइन् ।
यो सिजनलाई श्रेया घोषाल, विशाल ददलानी र बादशाहले जज गरेका थिए ।