१४ देशमाथि साउदीले लगायो भिसा प्रतिबन्ध (सूचीसहित)

काठमाडौँ, २५ चैत । साउदी अरेबियाले भारत, पाकिस्तान र बंगलादेशसहित १४ देशमाथि अस्थायीरूपमा भिसामा प्रतिबन्ध लगाएको छ ।

साउदीले उमराह भिसा, व्यापार भ्रमण भिसा र पारिवारिक भ्रमण भिसामा प्रतिबन्ध लगाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

हजमा हुने अनियन्त्रित भिड नियन्त्रण गर्न भिसामा प्रतिबन्ध लगाइएको साउदीका अधिकारीहरूले जनाएका छन् । भिसा प्रतिबन्ध आगामी जुनको मध्यसम्म जारी रहनेछ ।

भिसामा प्रतिबन्ध लगाएका देशहरु:

१. भारत
२. पाकिस्तान
३. बंगलादेश
४. इथियोपिया
५. अल्जेरिया
६. इन्डोनेसिया
७. इराक
८. जोर्डन
९. नाइजेरिया
१०. इजिप्ट 
११. सुडान
१२. ट्युनिसिया
१३. यमन
१४. मोरोक्को

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २१ असाज । बृटिश गाेर्खा नेपाली नागरिकता निरन्तरता (सिएनसिबिसी) र रिब्डीकाेट बुद्व विहार पाल्पाले भाेटेकाेशी बाढी प्रभावितका लागि आर्थिक

काठमाडाैँ, २१ असाेज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सार्वजनिक सेवामा २५ वर्ष

काठमाडौँ, २१ असोज । सूचना तथा सञ्चारमन्त्री डा.विक्रम तिमिल्सिनासँग स्विट्जरल्यान्डको ‘फेडेरल अफिस अफ कम्युनिकेसन्स’ (ओएफसीओएम) का वरिष्ठ नीति सल्लाहकार इसाबेल

काठमाडौँ, २१ असोज । राष्ट्रिय दलित आयोगले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस गरेको छ ।