अमेरिकाले लगाएको भन्सार शुल्क घटाउन इजरायलले वार्ता गर्दै

एजेन्सी, २३ चैत । इजरायलले आफ्नो मुख्य सहयोगी अमेरिकासँग राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाउनुभएको भन्सार शुल्क घटाउन वार्ता गरिरहेको जनाएको छ ।

इजरायलले अमेरिकी आयातमा बाँकी रहेका सबै भन्सार शुल्कहरू हटाएको एक दिनपछि ट्रम्पले विश्वव्यापी भन्सार शुल्कको घोषणा गर्नुभएको थियो ।

ट्रम्पले अमेरिकी सैन्य सहायताको मुख्य लाभकर्ता इजरायलबाट आएका सामानमा १७ प्रतिशत भन्सार शुल्क लगाउनुभयो ।

इजरायलका अर्थमन्त्री बेजलेल स्मोट्रिचले अमेरिकी प्रशासनसँग भन्सार शुल्कको दायरा घटाउने र इजरायली उद्योगमा उनीहरूको प्रभाव कम गर्ने उद्देश्यले निरन्तर वार्ता गरिरहेको बताउनुभएको छ ।

स्मोट्रिचले गएको मार्चमा आफ्ना अमेरिकी समकक्षी स्कट बेसेन्टसँग भेट समेत गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २१ असाज । बृटिश गाेर्खा नेपाली नागरिकता निरन्तरता (सिएनसिबिसी) र रिब्डीकाेट बुद्व विहार पाल्पाले भाेटेकाेशी बाढी प्रभावितका लागि आर्थिक

काठमाडाैँ, २१ असाेज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सार्वजनिक सेवामा २५ वर्ष

काठमाडौँ, २१ असोज । सूचना तथा सञ्चारमन्त्री डा.विक्रम तिमिल्सिनासँग स्विट्जरल्यान्डको ‘फेडेरल अफिस अफ कम्युनिकेसन्स’ (ओएफसीओएम) का वरिष्ठ नीति सल्लाहकार इसाबेल

काठमाडौँ, २१ असोज । राष्ट्रिय दलित आयोगले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस गरेको छ ।