‘कर्मा’को ट्रेलर सार्वजनिक

काठमाडौँ, २२ चैत । विपिन कार्की स्टारर ‘एन्टीहिरो एक्सन’ फिल्म ‘कर्मा’को ट्रेलर युट्युबमा सार्वजनिक भएको छ ।

३ मिनेट लामो ट्रेलरले कथावस्तु र चरित्र चित्रणबारे महत्वपूर्ण प्रकाश पार्छ । ‘नाका’मा एक्सन रोलमा देखिएको ७ वर्षपछि अभिनेता कार्की एक्सन फिल्ममा फर्किएका हुन् ।

फिल्मका शीर्ष कलाकार विपिनसहित उपासनासिंह ठकुरी, मुकुन भुसाल, दिब्यदेव पन्त लगायतलाई ट्रेलरमा देखाइएको छ । विपिनलाई एन्टीहिरो रुपमा प्रस्तुत गरिएको छ । आफूलाई व्यवस्थाले अपराधी बनाएको भन्दै विपिनको पात्र प्रणालीविरुद्ध आक्रोशित देखिन्छ ।

मुकुन लिड एन्टागोनिस्ट चरित्रमा छन् । उपासनालाई विपिनकी ‘लभ इन्ट्रेस्ट’को रुपमा देखाइएको छ । दिब्यदेव प्रहरी अफिसको चरित्रमा छन् । सरिता गिरी विपिनकी आमाको भूमिकामा छिन् । मुख्यतः फिल्मको कथा यी ४ पात्र वरपर घुम्छ । अपराध, तस्करी, प्रहरी र बदलाको नेक्सस वरपर कथा घुमेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ बैशाख । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसहितको भ्रमण दल बेलायत प्रस्थान गरेको छ ।  बेलायतको सर्वोच्च अदालत र अन्य अदालतहरूको औपचारिक

काठमाडौँ, १४ बैशाख । नेकपा एमालेले पूर्वराजा ज्ञानेन्द्र शाहका संवाद सचिव डा.फणीन्द्रराज पाठकले संविधान विपरीत समवेदना वक्तव्य निकालेको भन्दै कारबाही

काठमाडौँ, १४ वैशाख । संघीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दै छ ।  सवा १ बजे बस्ने बैठकमा अध्यक्ष नारायण प्रसाद दाहालले

काठमाडौँ, १४ वैशाख । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । बैठकमा अर्थ