अन्तर्राष्ट्रिय फौजदारी अदालतबाट बाहिरिने हङ्गेरीको घोषणा

एजेन्सी, २२ चैत । हङ्गेरीको सरकारले अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) बाट बाहिरिने घोषणा गरेको छ ।

आईसीसीको गिरफ्तारी पुर्जीअन्तर्गत खोजी गरिएका इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहु हङ्गेरी राज्य भ्रमणका लागि आइपुगेको केही घण्टापछि प्रधानमन्त्री भिक्टर ओर्बनको सरकारका एक वरिष्ठ अधिकारीले यो कदमको घोषणा गरेका बीबीसीले जनाएको छ ।

गएको नोभेम्बरमा गिरफ्तारी पुर्जी जारी हुनेबित्तिकै हङ्गेरीका प्रधानमन्त्री ओर्बानले यो फैसलाले आफ्नो देशमा कुनै प्रभाव नपार्ने भन्दै नेतान्याहुलाई आमन्त्रित गर्नुभएको थियो ।

गएको नोभेम्बरमा आईसीसीका न्यायाधीशहरूले इजरायल र हमासबीचको युद्धको क्रममा कथित युद्ध अपराध र मानवताविरुद्धको अपराधका लागि नेतान्याहुले ‘आपराधिक जिम्मेवारी’ वहन गर्ने ‘उचित आधार’ रहेको बताएका थिए । नेतान्याहुले आईसीसीको निर्णयलाई ‘यहुदी विरोधी’ भनेर निन्दा गर्नुभएको छ ।

अन्तर्राष्ट्रिय अदालत आईसीसीलाई नरसंहार, मानवताविरुद्धको अपराध र युद्ध अपराधका आरोपीहरूलाई मुद्दा चलाउने अधिकार छ । हङ्गेरी आईसीसीको संस्थापक सदस्य हो । आईसीसीमा एक सय २५ सदस्य राष्ट्र छन् र हङ्गेरी यसबाट बाहिरिने पहिलो युरोपेली सङ्घ राष्ट्र हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २१ असाज । बृटिश गाेर्खा नेपाली नागरिकता निरन्तरता (सिएनसिबिसी) र रिब्डीकाेट बुद्व विहार पाल्पाले भाेटेकाेशी बाढी प्रभावितका लागि आर्थिक

काठमाडाैँ, २१ असाेज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सार्वजनिक सेवामा २५ वर्ष

काठमाडौँ, २१ असोज । सूचना तथा सञ्चारमन्त्री डा.विक्रम तिमिल्सिनासँग स्विट्जरल्यान्डको ‘फेडेरल अफिस अफ कम्युनिकेसन्स’ (ओएफसीओएम) का वरिष्ठ नीति सल्लाहकार इसाबेल

काठमाडौँ, २१ असोज । राष्ट्रिय दलित आयोगले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस गरेको छ ।