खेलकुदमन्त्री चौधरीलाई आईओसीको पत्र

काठमाडौँ, २२ चैत  । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) ले बिहीबार युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीलाई पत्र लेख्दै एनओसीमाथि सरकारी हस्तक्षेप नगर्न भनेको छ ।

आईओसीले मन्त्रीलाई नेपाल ओलम्पिक कमिटी (एनओसी) को विवाद समाधानतर्फ अग्रसर रहेको पनि जनाएको छ ।

आईओसीले पत्रमा जोड दिएको छ, आफूहरूले निरन्तर रूपमा एनओसी विधान तथा निर्वाचन विवादसम्बन्धी अध्ययन गरिरहेको छ । समाधान पनि चाँडै आउने छ ।

यसअघि मन्त्री चौधरीले एनओसीको विधान संशोधन र निर्वाचनपछि उत्पन्न परिस्थितिबारे आईओसीसँग पत्रचार गरिरहेको बताएका थिए । त्यसैको जवाफस्वरुप आईओसीले पत्र लेखेको हो । मन्त्रीलाई पठाएको पत्रमा आईओसी सम्बन्ध, ओलम्पिक सोलिडारिटी एन्ड ओलम्पिजम विभागका निर्देशक जेम्स म्याकलियोडले हस्ताक्षर गरेका छन् ।

पत्रमा भनिएको छ, ‘ओलम्पिक काउन्सिल अफ एसिया (ओसीए) को पहलमा कुवेतमा एनओसी र पाँच राष्ट्रिय संघबीच सम्झौता भएको तपाईंलाई थाहा नै छ । त्यसअनुसार पाँच संघलाई एनओसीले सदस्यता पनि दिइसकेको छ । सम्झौताअनुसार ती पाँच संघले अदालतमा दायर गरेको मुद्दा पनि फिर्ता लिइसकेको विश्वास छ ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ असोज । उदयपुर सिमेन्ट उद्योग लिमिटेडका पूर्वमहाप्रबन्धक डा. गोपीकृष्ण न्यौपानेले उद्योगको सञ्चालनगत चुनौती, वित्तीय अवस्था, उत्पादन क्षमता, व्यवस्थापकीय कमजोरी,

झापा, १२ असोज । मेची भन्सार कार्यालय काँकडभिट्टाले चालु आर्थिक वर्षको पहिलो दुई महिनामा रु दुई अर्ब ८३ करोड ३३

काठमाडौँ, ११ असोज । नेपाली कांग्रेसका सभापति गगन थापाले राजनीतिक कार्यक्रमभन्दा नागरिकको जीवन रक्षा पहिलो प्राथमिकता भएको भन्दै कार्यकर्ताहरूलाई उद्धार र

काठमाडौँ, ११ असोज । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले भोटेकोसी बाढी प्रभावितका लागि यसै वर्ष एक हजार घर निर्माण गर्ने बताएका