काठमाडौँ, २१ चैत । ‘एक्लो’ आगामी दिपावलीमा प्रदर्शनमा आउने फिल्म हो ।
साइन्स फिक्सनमा आधारित रहेर निर्माण भएको फिल्मको अभिनेत्री बेनिशा हमालको क्यारेक्टर लुक्स सार्वजनिक गरिएको छ ।
निर्माण युनिटले एक पोस्टर सार्वजनिक गर्दै उनको क्यारेक्टर लुक्स बाहिर ल्याएको हो । पोस्टरमा हमालको क्यारेक्टरको नाम क्वीन मारा राखिएको छ । उनको लुक्सले फिलम फरक रहेको अनुमान गर्न सकिन्छ ।
फिल्म प्रदीप शाहीले निर्देशन गरेका हुन् ।