एक लाख ६० हजार युवालाई सेनामा भर्ना गर्न पुटिनको निर्देशन

एजेन्सी, २० चैत । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले १८ देखि ३० वर्ष उमेर समूहका एक लाख ६० हजार रुसी युवालाई सेनामा भर्ना गर्न निर्देशन दिएका छन् ।

बीबीसीका अनुसार, सन् २०११ पछिको यो रुसको सबैभन्दा ठूलो सैन्य भर्ना हो । यस कदमले रुसले आफ्नो सैन्य संख्या बढाउने तयारी गरेको संकेत दिएको बीबीसीको समाचारमा उल्लेख छ ।

रुसले आफ्नो कुल सैन्य संख्या २.३९ मिलियन र सक्रिय सैनिक संख्या १.५ मिलियनसम्म बढाउनुपर्ने भनेको केही महिनापछि पुटिनको निर्देशन आएको हो । यो योजनाअनुसार आगामी तीन वर्षमा एक लाख ८० हजार सैन्य बल बढ्ने बताइएको छ ।

रुसी सेनाका उपएडमिरल भ्लादिमिर त्सिम्लियान्स्कीका अनुसार, नयाँ भर्ना भएका युवालाई युक्रेन युद्धमा पठाइने छैन । रुसले वसन्त र शरद गरी दुई सिजनमा अनिवार्य सैन्य भर्ना गर्छ । तर, यो सैन्य भर्ना २०२४ को तुलनामा १० हजारले बढी हो ।

गत वर्षको सुरुदेखि नै भर्नाका लागि उपलब्ध युवाको संख्या बढाउन अधिकतम उमेर सीमा २७ बाट ३० वर्ष बनाइएको थियो ।


प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २१ असाज । बृटिश गाेर्खा नेपाली नागरिकता निरन्तरता (सिएनसिबिसी) र रिब्डीकाेट बुद्व विहार पाल्पाले भाेटेकाेशी बाढी प्रभावितका लागि आर्थिक

काठमाडाैँ, २१ असाेज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सार्वजनिक सेवामा २५ वर्ष

काठमाडौँ, २१ असोज । सूचना तथा सञ्चारमन्त्री डा.विक्रम तिमिल्सिनासँग स्विट्जरल्यान्डको ‘फेडेरल अफिस अफ कम्युनिकेसन्स’ (ओएफसीओएम) का वरिष्ठ नीति सल्लाहकार इसाबेल

काठमाडौँ, २१ असोज । राष्ट्रिय दलित आयोगले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस गरेको छ ।