अमेरिकी करको बदला लिने योजना छ : ईयू प्रमुख

एजेन्सी, २० चैत । युरोपेली सङ्घ (ईयू) की प्रमुख उर्सुला भन डेर लेयनले आवश्यक भएमा अमेरिकी करको बदला लिने योजना ईयूसँग रहेको बताउनुभएको छ ।

लेयनले यो हप्ता लागू हुने अमेरिकी करहरूको ‘वार्ता समाधान’ का लागि ईयूले अझै आशा गरेको तर आवश्यक परेमा जवाफी कारबाही गर्न ‘सबै उपकरण टेबलमा रहेको’ बताउनुभएको एएफपीले जनाएको छ ।

युरोपेली संसद्को सत्रमा ईयू प्रमुख लेयनले आफूहरू वार्ताका लागि खुला रहेको तर आवश्यक परेमा बदला लिने आफूहरूको बलियो योजना रहेको बताउनुभयो ।

यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले धेरै देशविरुद्ध आज राति जतिसक्दो चाँडो करहरूको नयाँ समूह घोषणा गर्ने तयारी गर्नुभएको खबरमा उल्लेख छ । यसलाई उहाँले कथित अनुचित व्यापार असन्तुलनलाई सुधार गर्न ‘मुक्ति दिवस’ भन्नुभएको छ । ईयूले २७–देश ब्लकको व्यापार नीतिको नेतृत्व गर्दछ र व्यापार युद्धबाट बच्न अमेरिकासँग छलफलमा जोड दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २१ असाज । बृटिश गाेर्खा नेपाली नागरिकता निरन्तरता (सिएनसिबिसी) र रिब्डीकाेट बुद्व विहार पाल्पाले भाेटेकाेशी बाढी प्रभावितका लागि आर्थिक

काठमाडाैँ, २१ असाेज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सार्वजनिक सेवामा २५ वर्ष

काठमाडौँ, २१ असोज । सूचना तथा सञ्चारमन्त्री डा.विक्रम तिमिल्सिनासँग स्विट्जरल्यान्डको ‘फेडेरल अफिस अफ कम्युनिकेसन्स’ (ओएफसीओएम) का वरिष्ठ नीति सल्लाहकार इसाबेल

काठमाडौँ, २१ असोज । राष्ट्रिय दलित आयोगले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस गरेको छ ।