स्थानीय तह र सरकारी सेवा प्रवाहलाई आधुनिकीकरण गर्न मन्त्री गुरुङको ताकेता

काठमाडौँ, २० चैत । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले सवै स्थानीय तथा सरकारी कार्यालयहरु बाट नागरिकलाई प्रवाह हुने सम्पूर्ण सेवाहरु आधुनिकीकरण गर्न ताकेता गर्नुभएको छ ।

सरकारले लिएको डिजिटल नेपालको लक्ष्य र समयानुकल विश्व परिवेश अनुसार नेपालका सवै स्थानीय तह तथा सरकारी सेवा प्रदायक संस्थाहरु परिवर्तन गर्न जरुरी रहेको औंल्याउँदै मन्त्री गुरुङले विगतको जस्तो पुरानो र झण्झटीले शैलीले सेवा प्रवाह जनचाहना अनुसार हुन नसक्ने भन्दै आधुनिक प्रविधिमैत्री हुनुपर्नेमा जोड दिनुभयो । उहाँले स्थानीय तहमा ब्रोड ब्याण्ड कनेक्टिभिटी आयोजना सेवा विस्तार प्रगतिमा निरन्तर ताकेता गरिरहुनु भएको हो । ‘समय, परिस्थिती र जनचाहना खरायोको दौडमा छ, हामीले प्रवाह गर्ने सेवा कछुवाको तालमा हुनुहुँदैन । यसले हाम्रो डिजिटल नेपालको लक्ष्य पुरा हुन सक्दैन । तसर्थः स्थानीय तहका सवै वडा तथा सरकारी सेवा प्रदायक संस्थाहरुले प्रविधिको उच्चतम प्रयोग गरी आधुनिकीकरण गर्नुपर्छ । मन्त्रालय त्यसको लागि जस्तोसुकै सहयोग गर्न तयार छ,’ एभरेष्टमिसनसँगको कुराकानीमा उहाँले भन्नुभयो ।

मन्त्री गुरुङले नेपाल सरकारको सुशासन प्रबद्र्धन प्रमुख प्राथमिकतामा रहेको उल्लेख गर्दै सो को कार्यान्वयन गर्न ७ वटै प्रदेश केन्द्रहरु, ७७ वटै जिल्ला, ७५३ वटै स्थानीय निकाय केन्द्रहरुमा यसै आर्थिक वर्ष भित्र ब्रोड ब्याण्ड कनेक्टिभिटी गर्न निर्देशन दिनुभएको छ । त्यस्तै ६७४३ वडा केन्द्रहरुमा आगामी आर्थिक वर्षको ६ महिना भित्रमा वायरलेस ब्रोड ब्याण्ड वा अप्टिकल फाइबर ब्रोड ब्याण्ड (मोबाइल/एफटिटिएच/भीस्याट/लिज) सेवा सम्पूर्ण स्थानीय तहहरुलाई ब्रोड ब्याण्ड कनेक्टिभिटी गर्न र सम्पूर्ण सरकारी सेवा प्रवाहको कार्यलाई आधुनिकीकरण गर्न सम्पूर्ण स्थानीय तहमा एकीकृत कार्यालय व्यवस्थापन प्रणाली लागु गर्ने आफ्नो योजनाको प्रगति समिक्षा गर्न निरन्तर ताकेता गर्नुभयो ।

सो सम्बन्धमा भएको प्रगति सम्बन्धमा मन्त्रालयका सूचना प्रविधि विज्ञ सल्लाहकार डा. शालिग्राम पराजुलीले भन्नुभयो, ‘स्थानीय तहमा ब्रोड ब्याण्ड कनेक्टिभिटी गर्न आवश्यक सेवा विस्तार प्रगति सम्बन्धमा मन्त्रीज्यूको निरन्तर र गम्भीर चासोसहित सेवा विस्तार प्रगतिमा निरन्तर ताकेता गरि रहनु भएको छ, हामी नेपाल टेलिकम नेतृत्व संग निरन्तर आवश्यक समन्वयसहित लक्ष्य अनुसार प्रगति समिक्षा र आगामी कार्यदिशा सम्बन्धमा सम्बन्धित सरोकारवालाहरु सँग निरन्तर फलोअपमा छौं । नेपाल सरकारले लिएको डिजिटल नेपालको अभियानलाई सार्थकतामा पुर्याउन मन्त्रालयले २५ वर्षे गुरुयोजना सहित अगाडी बढेका छौं । हुँदैन र असम्भव भन्ने छुट कसैलाई पनि छैन । तसर्थः अबका दिनमा जनताले देख्ने र भोग्ने कार्यमा मन्त्रालयको विशेष रणनीति हुनेछ ।’

सरकारी सेवा प्रवाहलाई स्वचालित बनाउन र सुशासन प्रवर्द्धन गर्ने उद्देश्यले टेलिकमले देशका ७५३ ओटै स्थानीय तह र ६ हजार ७४३ वडा केन्द्रलाई जोड्ने अभियान अन्तर्गत ब्रोडब्यान्ड कनेक्टिभिटी आयोजना कार्यान्वयन गरिरहेको छ । नेपाल टेलिकमले यस बिचमा एक सूचना नै प्रकाशन गरेर सेवा नपुगेका स्थानीय तहलाई नजिकको नेपाल टेलिकममा निवेदनसहित सेवा माग गर्न अनुरोध गरेको छ ।

सो सम्बन्धमा नेपाल टेलिकमले जारीको सूचना

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ बैशाख । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसहितको भ्रमण दल बेलायत प्रस्थान गरेको छ ।  बेलायतको सर्वोच्च अदालत र अन्य अदालतहरूको औपचारिक

काठमाडौँ, १४ बैशाख । नेकपा एमालेले पूर्वराजा ज्ञानेन्द्र शाहका संवाद सचिव डा.फणीन्द्रराज पाठकले संविधान विपरीत समवेदना वक्तव्य निकालेको भन्दै कारबाही

काठमाडौँ, १४ वैशाख । संघीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दै छ ।  सवा १ बजे बस्ने बैठकमा अध्यक्ष नारायण प्रसाद दाहालले

काठमाडौँ, १४ वैशाख । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । बैठकमा अर्थ