बर्डफ्लू र अफ्रिकन स्वाइन फिभरबाट सतर्कता अपनाउन आग्रह

काठमाडौँ, १८ चैत । हालको समय पन्छीहरूमा बर्डफ्लू र सुँगुर तथा बङ्गुरहरूमा अफ्रिकन स्वाइन फिभरको उच्च जोखिम रहेकोले सतर्कता अपनाउन आग्रह गरिएको छ ।

नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) अन्र्तगतको राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रले कुखुरा तथा सुँगुर तथा बंगुर पालक किसानलाई फार्ममा जैविक सुरक्षा अपनाउन आग्रह गरेको हो  ।

बर्ड फ्लु लाग्नै नदिन जैविक सतर्कता अपनाउनु उत्तम हुने देखिने बताइएको छ । अरू पन्छीसँग बजारबाट ल्याइएका पन्छी मिसाएर राख्न नहुने र करिब १४ दिन बथानबाट टाढा राख्नुपर्ने सुझाव छ ।

साथै कुखुराको फार्मबाहिर ५० र भित्र १०० प्रतिशत भाइरस सङ्क्रमणको डर हुने भएकाले खोरको दूरीअनुसार भाइरस सङ्क्रमणको प्रतिशत घट्दै जान्छ । त्यसैले कोरमा स्प्रे गर्दा फार्म, फार्मका वरिपरि मजाले छर्किने र खोरमा आउजाउ गर्न छुट्टै जुत्ता प्रयोग गर्न सुझाइएको छ ।

यस्तै, सुँगुर तथा बङ्गुरहरूमा अफ्रिकन स्वाइन फिभरबाट जोगाउन खोर र फार्म परिसरमा नियमित सरसफाइ गरी चुना, ब्लिच पाउडर फर्मालिन लगायतका नि–सङ्क्रमणका औषधि प्रयोग गरी निःसंक्रमण गर्ने, रोगको शंका लागेमा पशुहरूलाई स्थानबाट छुट्टाएर अलग्गै राख्ने, मरेका पशुलाई राम्रो सँग खाडलमा गाड्ने तथा जलाउन, घरपालुवा सुँगुर तथा बंगुरलाई जंगली बँदेलको सम्पर्कमा आउन नदिने, रोग देखा परेको क्षेत्रबाट संगुर प्रजाति पठापाठी संयमित मासु र दानाको ओसारपसार नगर्न नगराउन लगायत सावधानी अपनाउन विभागको सुझाव छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ मंसिर । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्ने भएको छ ।  केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, ललितपुरमा 

काठमाडौँ, ८ मंसिर । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । Fixed by Nepal Rastra

काठमाडौँ, ७ मंसिर । आज सेयर बजार परिसूचक नेप्से २.२६ अंक बढेर २६२३ अंकमा कायम भएको छ । कारोबार भएका कम्पनीमध्ये

काठमाडौँ, ७ मंसिर । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले चलचित्र क्षेत्रमा विदेशी लगानी भित्र्याउन सक्ने सम्भावनाका बारेमा पुनर्विचार गर्न आवश्यक