इजरायलले गर्यो लेबनानको राजधानी बेरुतमा हवाई आक्रमण

एजेन्सी, १७ चैत ।  इजरायलले लेबनानको राजधानी बेरुतमा हवाई आक्रमण शुरु गरेको वाशिङ्टन पोष्टले जनाएको छ । 

इजरायलले दक्षिणी लेबनानमा गरेको हवाई हमलाबाट इजरायली सीमाबाट केही माइल टाढा कफर तिबेत शहरमा तीन जनाको मृत्यु र १८ जना घाइते भएको लेबनानी स्वास्थ्य मन्त्रालयले जनाएको छ । गत वर्ष इजरायल र हिजबुल्लाहबीच युद्धविराम सहमति भएपछि लेबनाको राजधानीमा यो पहिलो हवाई हमला हो।

लेबनानी भूभागबाट दुईटा रकेट क्षेप्यास्त्र प्रहार गरिएको रिपोर्टपछि इजरायली सेनाले जवाफी कार्वाही गरिएको बताइएको वाशिङ्टन पोष्टले जनाएको छ । शुक्रवार दिउँसो इजरायली सेनाले जवाफी आक्रमणको चेतावनी दिएको थियो। त्यसपछि इजरायली सेनाले दक्षिणी लेबनानको हदथ क्षेत्रमा रहेको एक भवनलाई हिजबुल्लाहको आस्य्रस्थलको संज्ञा दिई आक्रमण गर्ने चेतावनी दिएपछि स्कूल जाने बच्चाहरू लगायत अन्य मानिसहरु सुरक्षित स्थान सम्म जान सडकमा हतारिदै आएका थिए। लेबनानी शिक्षा मन्त्रालयले आकस्मिक आदेश जारी गरेर क्षेत्रभरिका सबै स्कूलहरू बन्द गर्न आग्रह गरेको थियो।

लेबनानबाट प्रहार गरिएका दुई प्रक्षेपणमध्ये एक इजरायलले अवरोध गर्यो भने अर्को लेबनानकै भूभागमै खसेको थियो। तर हिजबुल्लाहले आफूले रकेट प्रक्षेपण नगरेको बताएको छ।  हिजबुल्लाहले इजरायल सँगको युद्धविराम सम्झौतामा आफू कायम रहने बताएको छ।

यसै बीच लेबनानको हिजबुल्लाह समूहका नेता नाइम कासिमले शनिबार इजरायलले लेबनानमा आक्रमण जारी राखे र लेबनानी सरकारले यसलाई रोक्न कदम नचालेमा अन्य विकल्पहरू अपनाउन बाध्य हुने चेतावनी दिएको अमेरिकी टेलिभिजन सीबीसी न्युजले जनाएको छ। 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २२ असोज । तान्जानियाको अरुसामा जारी अन्तर–संसदीय संघ (आईपीयू) को १५३औँ महासभामा नेपालले पेस गरेको जलवायुजन्य विपद्सम्बन्धी आपत्कालीन प्रस्ताव दुई–तिहाइ

काठमाडाैँ, २२ असाज । नेपाली कांग्रेसको जारी महाधिवेशनअन्तर्गत पाँचौँ दिन आज नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मतदान हुँदैछ । निर्वाचन प्रक्रियाअन्तर्गत

काठमाडौँ, २१ असाेज । बिजुली उत्पादन गर्ने, ग्रिडमा पुर्‍याउने र बजारमा बेच्ने: नेपालको ऊर्जा क्षेत्रमा अब यी तीन चरण छुट्टाछुट्टै

काठमाडौँ, २१ असोज । गण्डकी प्रदेशका मुख्यमन्त्री एवं नेपाली कांग्रेसका नेता सुरेन्द्रराज पाण्डेले पार्टीलाई नयाँ पुस्ताको जोस-जाँगर र पुरानो पुस्ताको