पपुआ न्यू गिनीले फेसबुकमाथि लगायो प्रतिबन्ध

पोर्ट मोर्सबी, १३ चैत । पपुआ न्यू गिनीले विश्वको सबैभन्दा ठुलो सामाजिक सञ्जाल फेसबुकमाथि प्रतिबन्ध लगाएको छ ।

गलत सूचना प्रवाह र पोर्नोग्राफीलाई रोक्न यो कदम चालेको अधिकारीहरूले भनेका छन् । सोमबार यो प्रतिबन्ध लगाइएको हो ।

सामाजिक सञ्जालमाथि अचानक यसरी बन्देज लगाएपछि विपक्षी दलका सांसदहरू र राजनीतिक आलोचकहरूले सरकारको आलोचना गरिरहेका छन् ।

उनीहरूले सरकारको यस कदमलाई मानव अधिकार हनन भनेका छन् । यस कदमको बचाउ गर्दै प्रहरी मन्त्री पिटर सियामालिली जुनियरले चाँहि सरकारले वाक स्वतन्त्रता दबाउने प्रयास नगरेको भनेका छन् । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ कार्तिक । हुम्लाको दक्षिणी क्षेत्रमा भारी वर्षा भएको छ भने उत्तरी नाम्खा गाउँपालिकाका विभिन्न स्थानमा हिमपात भएको छ

काठमाडौँ, १४ कार्तिक । सिरहामा २५ हजार ५ सय रुपैयाँ बराबरका नक्कली नेपाली नोट सहित दुई जना पक्राउ परेका छन् ।

काठमाडौँ, १४ कार्तिक । वर्षासँगै पहिरो खसेपछि म्याग्दीको बेनी–जोमसोम र बेनी–दरवाङ सडक आज बिहानदेखि अवरुद्ध भएको छ ।  जिल्ला प्रशासन कार्यालयका

डोल्पा, १४ कार्तिक । जिल्ला कारागार डोल्पाबाट ८ जना कैदी सुरुङ खनेर भागेका छन् । ‎‎गएराति उनीहरू सुरुङ खनेर भागेको