भक्तपुर, १० चैत । पातञ्जल योग समिति नेपालले उपत्यकाव्यापी योग नृत्य प्रतियोगीता सम्पन्न गरेको छ ।
भक्तपुर जिल्लाको सेराटन बैंकटमा गरिएको योग नृत्य प्रतियोगितामा चाँगुनारायण नगरपालिकाको प्रज्ञा ईङ्गलिस स्कूलबाट सहभागी विद्यार्थी समुह प्रथम भएको पातञ्जल योग समिति नेपालका वरिष्ठ उपाध्यक्ष नबराज काफ्लेले अवगत गराए ।
त्यसैगरि द्धितीय र तृतीय स्थानमा साईनिङ्ग स्टुडेन्ट एकेडेमी र बंगलामुखी योग साधना केन्द एवं सान्त्वनामा शुभकामना सामुहिक योग साधना केन्द्र एवं नागस्थान योग साधना केन्द्र पुरस्कृत भएको वरिष्ठ उपाध्यक्ष काफ्लेले जानकारी गराए ।
विजयी प्रतियोगी समुहहरुमा प्रथम रु १५, द्धितीय रु १०, तृतीय रु ५ र सान्त्वना २ समुह रु ३–रु ३ हजार नगदराशीका साथ प्रमाणपत्र सहित पुरस्कृत गरिएको पातञ्जल योग समिति नेपालका केन्द्रीय कोषाध्यक्ष गीता प्रसाद नेपालले उल्लेख गरेका छन ।
नृत्य प्रतियोगीताको लागि अनुरोध गरिएका संस्थाहरुबाट २० वटा संस्थाहरु छनौट गरि योग नृत्य प्रतियोगितामा सहभागीता गराईएको पातञ्जल योग समिति नेपालका केन्द्रीय उपाध्यक्ष तथा कार्यक्रम संयोजक युक्त गिरीले उल्लेख गरेका छन् ।
पातञ्जल योग समिति नेपालका अध्यक्ष बालमुकुन्द सुवालको सभापतित्वमा सम्पन्न कार्यक्रममा सांसद दिपक भण्डारी, सूर्यविनायक नगरपालिकाका नगर प्रमुख बासुदेव थापा, उपप्रमुख सरिता तिम्सीना भट्टराई, नगर प्रवक्ता रविन्द्र सापकोटा, पातञ्जल योग समिति नेपालका संस्थापक अध्यक्ष सुदर्शन सुवेदी लगायतले यस योग नृत्य प्रतियोगिताले हाम्रो देशको मौलिक ज्ञान र सँस्कृतिको प्रवद्र्धन गर्न महत्वपुर्ण टेवा पुग्ने विश्वास व्यक्त गरेका थिए ।
सूर्यविनायक नगरपालिकाको आर्थिक व्यवस्थापन सम्पन्न गरिएको नृत्य प्रतियोगितामा ४ सयभन्दा वढीको सहभागीता रहेको पातञ्जल योग समिति नेपालका केन्द्रिय महिला उपाध्यक्ष श्रृजनामल्ल ठकुरीले अवगत गराईन ।






