युक्रेनमा रुसद्वारा घातक ड्रोन आक्रमण

एजेन्सी, १० चैत । साउदी अरेबियामा युद्धविरामको औपचारिक सहमतिका लागि वार्ताको तयारी भइरहँदा रुसले युक्रेनमा घातक ड्रोन आक्रमण गरेको छ ।

स्थानीय अधिकारीहरुका अनुसार युक्रेनको जापोसिज्जया शहरमा रुसी ड्रोन आक्रमणमा तीन जनाको मृत्यु भएको छ । सो ड्रोन आक्रमणमा अन्य १२ जना घाइते भएका छन् । 

क्षेत्रीय गभर्नर इवान फेडोरोभका अनुसार आवासीय क्षेत्रमा भएको आक्रमणले घर भवन संरचना, कार तथा सार्वजनिक स्थलमा क्षति पुगेको छ ।

तस्विरमा जीवित रहेका व्यक्तिहरुको खोजी गरिरहेको देखिएको छ । 
तीन वर्षदेखि चलिरहेको युद्ध रोक्न भन्दै सोमबार रुस र युक्रेनी प्रतिनिधिमण्डलले साउदी अरेबियामा अमेरिकी अधिकारीहरुको रोहवरमा भिन्दा–भिन्दै बैठक गर्ने तयारी भइरहँदा रुसले ड्रोन आक्रमण गरेको हो । 

हाल रुस युक्रेन सैद्धान्तिक रुपमा सिमित युद्धविराम गर्न सहमत भएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लगातार सम्बन्धित देशका नेतासँग गरेको संवादले सकारात्मक वातावरण निर्माण भए पनि वास्तविक लक्ष्यमा को कति प्रतिवद्ध हुनेछन् भन्ने अझै पनि अन्योल छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २२ असोज । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । Exchange Rate for October

काठमाडाैँ, २१ असाेज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सार्वजनिक सेवामा २५ वर्ष

काठमाडौँ, २१ असाेज । आज सेयर बजार परिसूचक नेप्से ६.३८ अंक घटेको छ । घटेसँगै नेप्से २५७२ अंकमा कायम भएको छ

काठमाडौँ, २१ असोज । सूचना तथा सञ्चारमन्त्री डा.विक्रम तिमिल्सिनासँग स्विट्जरल्यान्डको ‘फेडेरल अफिस अफ कम्युनिकेसन्स’ (ओएफसीओएम) का वरिष्ठ नीति सल्लाहकार इसाबेल