स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा बजेटमा सुझाव दिन आह्वान

काठमाडौँ, ७ चैत । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आगामी आर्थिक वर्षको बजेटका लागि सुझाव दिन सार्वजनिक अनुरोध गरेको छ । 

आर्थिक वर्ष २०८२/०८३ को बजेट निर्माणका लागि तयारी गरिरहेको मन्त्रालयले सरोकारवाला सबैले सुझाव दिन सक्ने गरी संकलनको व्यवस्था मिलाएको जनाएको छ । 

मन्त्री प्रदीप पौडेलले बजेट तर्जुमा गर्दा सरोकार राख्ने सबै क्षेत्रबाट सुझाव संकलन गर्ने व्यवस्था गरिएको बताए । सोही अनुसार मन्त्रालयले वेबसाइटमा सूचना प्रकाशित गरी गुगल फर्ममार्फत सुझाव दिन सकिने व्यवस्था मिलाएको मन्त्रालयको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ बैशाख । तरुण दलका अध्यक्ष विद्वान गुरुङले पदबाट राजीनामा दिएका छन् । बुधबार नेपाली कांग्रेसका सभापति गगन थापालाई

पोखरा, १६  बैशाख । नेपाल सरकारले २०८२ चैत्र १३ गते जारि गरेको १०० बुंदे शासकीय सुधार कार्यक्रमको बुँदा न ७६

काठमाडौँ, १६ बैशाख । चक्रपथ विस्तारको दोस्रो चरण अन्तर्गत सहायता सम्बन्धी सम्झौता भएको छ । आज भौतिक पूर्वाधार तथा यातायात

काठमाडौँ, १६ बैशाख । प्रतिनिधिसभाकी उपसभामुख रुवी कुमारी अस्पताल भर्ना भएकी छन् । श्रम संस्कृति पार्टीका सांसद आरेन राईका अनुसार सुगरको