चार क्यानेडियाली नागरिकलाई चीनमा मृत्युदण्डको सजाय

बेइजिङ, ७ चैत । लागूऔषध सम्बन्धी आरोपमा यस वर्षको सुरुमा चीनले चार क्यानेडियालीहरूलाई मृत्युदण्डको सजाय सुनाएको छ ।

क्यानेडाली अधिकारीहरूले यो खबरको पुष्टि गरेका छन् । सजाय पाउने सबैसँग दोहोरो नागरिकता थियो । 

उनीहरूको परिवारको अनुरोधमा उनीहरूको पहिचान गोप्य राखिएको क्यानडाका विदेशमन्त्री मेलानी जोलीले बुधबार पत्रकारहरूलाई बताएकी छिन् । विदेशमन्त्रीले यसलाई आधारभूत मानवीय मर्यादाको अपमानको रूपमा निन्दा गरेकी छन् । 

उनले व्यक्तिगत रूपमा दयाको लागि अपिल पनि गरेकी छिन् । खबरहरूका अनुसार क्यानडास्थित चिनियाँ दूतावासका प्रवक्ताले क्यानाडाली नागरिकहरूले गरेका अपराधहरूको प्रमाण ठोस र पर्याप्त रहेको बताएका छन् । साथै उनले क्यानडालाई गैरजिम्मेवार टिप्पणी गर्न बन्द गर्न आग्रह पनि गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २२ असोज । आज विश्व दृष्टि दिवस मनाइँदैछ । ‘आँखालाई माया गरौँ, दृष्टिको रक्षा गरौँ’ भन्ने नाराका साथ विविध कार्यक्रम

काठमाडौँ, २२ असोज । कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लाभर आज सार्वजनिक बिदा दिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रदेश सचिव

काठमाडाैँ, २२ असाज । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले

काठमाडौँ, २१ असोज । दाङको तुलसीपुर उपमहानगरपालिका -०७ गैरापातुस्थित स्कुल बसको ठक्करबाट एक बालकको मृत्यु भएको छ । प्रहरीका अनुसार आज