नाइजेरियामा सङ्कटकाल घोषणा

एजेन्सी, ७ चैत । नाइजेरियाका राष्ट्रपति बोला टिनुबुले देशको दक्षिणी भागमा लामो समयदेखि चलिरहेको राजनीतिक सङ्कटपछि रिभर्स राज्यमा सङ्कटकाल घोषणा गरेका छन्   ।

सङ्कटकाल घोषणासँगै रिभर्स राज्यका गभर्नर सिमिनालयी फुबारा र रिभर्स सभाको सबै निर्वाचित सदस्यहरू ६ महिनाको प्रारम्भिक अवधिको लागि निलम्बन भएका समाचार संस्था एएफपीले जनाएको छ ।

राजनीतिक गतिरोधको पक्ष लिँदै सन्दिग्ध सशस्त्र विद्रोहीले राज्यका केही तेल प्रतिष्ठानहरूमा आक्रमण गर्ने धम्की दिएका थिए । पछिल्लो दुई दिनमा केही तेल प्रतिष्ठानहरूमा नचिनेका व्यक्तिहरूले आक्रमण गरेको आरोप छ ।

नाइजेरियाका सुरक्षा निकायका प्रमुखहरूसँग भेट गरेपछि टिनुबुले तेल प्रतिष्ठानहरूमा भएका आक्रमणहरूका कारण पनि आपतकालीन अवस्था घोषणा गर्न बाध्य भएको बताए ।

बाध्यात्मक आपतकालीन घोषणाले रभर्स राज्यमा शान्तिव्यवस्था पुनर्स्थापित गर्न मद्दत गर्ने राष्ट्रपति टिनुबुको विश्वास छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २२ असोज । आज विश्व दृष्टि दिवस मनाइँदैछ । ‘आँखालाई माया गरौँ, दृष्टिको रक्षा गरौँ’ भन्ने नाराका साथ विविध कार्यक्रम

काठमाडौँ, २२ असोज । कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लाभर आज सार्वजनिक बिदा दिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रदेश सचिव

काठमाडाैँ, २२ असाज । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले

काठमाडौँ, २१ असोज । दाङको तुलसीपुर उपमहानगरपालिका -०७ गैरापातुस्थित स्कुल बसको ठक्करबाट एक बालकको मृत्यु भएको छ । प्रहरीका अनुसार आज